• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्ववियू निर्वाचनका लागि समन्वय समिति गठन




त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समिति घोषणा गरेको छ ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो।

त्रिविको क्यालेण्डर अनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

सोमबार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाव दिन त्रिभुवन विश्वविद्यालय घेराउ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू ९क्रान्तिकारी० को घेराउ कार्यक्रमैउक्तसमितिको नामावली सार्वजनिक गरिएको हो। दुवै संगठनहरुले आइतबार स्ववियु निर्वाचनको मिति तोक्न माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका थिए।

सोमबार उपकुलपति कार्यालय घेराउ गरेका दुवै विद्यार्थी संगठनहरुले एक साताभित्र निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

Facebook Comments