• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नयाँ जिल्लामा नयाँ शक्तिका नेताः हिउँ हटाउँदै भट्टराइ पुगे लुकुम




पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्राइ हिउँ छिचोल्दै ७७ औं जिल्ला रुकुमपूर्व पुग्नुभएको छ । उहाँ बाग्लुङहुँदै मध्यपहाडी लोकमार्गको बाटो रुकुमपूर्व पुग्नुभएको हो ।

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राका क्रममा उहाँ रुकुमपूवृको लुकुम आइपुग्नुभएको हो । पूर्व पाँचथरदेखि पश्चिमको बैतडीसम्म जोडिएको मध्यपहाडी लोकमार्गमा नयाँ शक्तिले जनसंवाद यात्रा थालेको छ ।

पूर्वको पाँचथरबाट शुरु भएको यो यात्रा बैतडी पुगेर टुंगिने छ । २०६४ सालमा डा. भट्टराइ प्रधानमन्त्री भएको बेला एक मध्यपहाडी लोकमार्ग निर्माण शुरु भएको थियो ।

उहाँले आज मंगलवार दुई घण्टा जनसंवाद गरेर रुकुमकोटतर्फ जाने कार्यक्रम रहेको नयाँ शक्ति पार्टी नेपाल रुकुम पूर्वका प्रतिनिधि जीतमान पुन ‘मार्शल’ले बताउनुभयो ।

माघ १५ गतेदेखि शुरु भएको नयाँ शक्तिको मध्यपहाडी लोकमार्गकेन्द्रित जनसंवाद यात्रा फागुन १५ गतेसम्म चल्ने छ ।

पूर्वप्रधानमन्त्री भट्राइलाई स्थानीय तहमा सरकारी तवरबाटै स्वागत गर्ने तयारी छ । मंगलवार भूमे गाउँपालिकामा स्वागत गरिने अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो ।

Facebook Comments