• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शुद्धिकरणका लागि पत्रकार महासंघको एक्सनः रौतहट शाखाका अध्यक्ष र निवर्तमान सचिव निलम्बित




नेपाल पत्रकार महासंघले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह र निवर्तमान सचिव राजेन्द्रकुमार क्षेत्रीलाई निलम्बित गरेको छ ।

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको उपलव्ध केन्द्रीय समितिको बैठकले उनीहरुलाई निलम्बित गरेको हो ।

बैठकले दुबैजनालाई ४५ दिनका लागि निलम्बन गर्दै प्राप्त उजुरी र गुनासाहरुबारे छानबिन गर्न महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव तथा अनुशासन समितिका संयोजक उदय जीएम र लेखासमिति सदस्य भूपेन्द्र आचार्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानविनपछि साह र क्षेत्री निर्दोष पाइएमा निलम्बन फुकुवा हुने र दोषी ठहरिए कारवाही हुने बताइएको छ ।

रौतहट शाखा अध्यक्ष साह र निवर्तमान सचिव क्षेत्रीले शाखाको आर्थिक हिनामिना गरेको भनी केन्द्रीय समितिमा उजुरी प्राप्त भएपछि अनुशासन समितिका संयोजक उदय जीएमले ३ दिनभित्र लिखित जवाफ दिन भन्दै स्पष्टीकरण सोधेका थिए । लिखित स्पष्टीकरण प्राप्त भए पनि चित्तबुझ्दो नभएकाले थप छानविन गर्नका लागि उनीहरुलाई निलम्बित गरिएको बताइएको छ ।

Facebook Comments