• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संगीत सेन्सर बोर्ड गठन गर्न लोकदोहरी प्रतिष्ठानको माग




राष्ट्रिय लोक दोहरी प्रतिष्ठानले संगीत सेन्सर बोर्ड गठन गर्न माग गरेको छ ।

पशुपति शर्माको गीत विवादमा आएपछि संस्थाको धारणा सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा प्रतिष्ठानले यस्ता विवाद आउन नदिन संगीत सेन्सर बोर्ड गठन गर्नु आवश्यक रहेको जनाएको छ ।

अध्यक्ष बद्री पंगेनीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म प्रतिष्ठानमा कुनै व्यक्ति वा समूहले गीतको बिरोधका लागि आधिकारिक जानकारी नगराएको पनि उल्लेख छ ।

शर्माले गीत यूट्यूबाट हटाएको प्रति ध्यानाकर्षण भएको जनाउँदै शर्माले परिमार्जनका लागि हटाएको भए यो उनको अधिकार भएको तर कसैको दबाबमा हटाइएको भए पुनः राख्न आग्रह गरिएको छ ।

Facebook Comments