• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकृतिविरुद्ध रुकुममा वृहत र्याली, मदिरामुक्त घोषणा पूर्ण कार्यान्वायनको माग




रुकुमपश्चिमको सदरमुकाम मुसीकोटमा आज स्वस्फूर्त जुलुस निकालिएको छ ।

मदिरा, महिला हिंसा, बालविवाह, जुवातास एवं लागूऔषध विरुद्धमा आममहिला, दलित, युवा तथा विद्यार्थीले एकसाथ र्‍याली निकालेका हुन् । उनीहरुले जिल्लालाई मदिामुक्त बनाउने सरकारी अभियानको समर्थन गर्दै तत्काल कार्यान्वायनमा ल्याउन माग गरे ।

समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना बढ्दो क्रममा रहेकाले त्यसको न्युनिकरणमा दवाव दिन भन्दै नागरिक तहबाट र्‍याली आयोजना गरिएको थियो ।

समाज विकृत बन्दै जानुको मुख्य कारण मदिरा, बालविवाह, जुतावास तथा लागूऔषधलगायत भएको निस्कर्ष निकाल्दै सम्बन्धित पक्षलाई त्यसको न्युनिकरणमा दबाब पुगोस् भनेर र्‍याली निकालिएको महिला अधिकारकर्मी जोखिमाया कठायतले बताउनुभयो । र्‍यालीमा महिला, बालबालिका, दलित, युवा, नागरिक समाजका अगुवा सहभागी थिए ।

र्‍यालीले खलंगा बजार परिक्रमा गरेर बाल मन्दिरको कोण सभामा परिणत भएको थियो । सभामा बोल्नेहरुले तत्कालै समाजका विकृत बनाउने पदार्थ तथा चलनको अन्त्य नगरे जिल्लाले ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।

Facebook Comments