• २८ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लम्सालको स्मृतिमा श्रद्धाञ्जलीसभा, लम्सालबाट निस्वार्थ राजनीतिका लागि सिक्नुपर्छः आचार्य




बंगलाचुली गाउँपालिका निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हिमलाल लम्सालको स्मृतिमा शनिवार उहाँको निवासमा श्रद्धञ्जली शभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ((नेकपा) बंगलाचुली गाउँपालिकाको आयोजनामा उहाँको निवास बंगलाचुली– ३ श्रीवारीमा सभा गरिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले लम्सालले कम्युनिष्ट राजनीतिमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको निधनले पार्टीलाई ठूलोा क्षति पुगेको बताउनुभयो । लम्सालले पार्टीमा लागेर खेल्नुभएको स्वार्थरहित राजनीतिलाई अन्य कार्यकर्ता नेताहरुले पनि सिक्न जरुरी रहेको बताउनुभयो । लम्साल एक निडर साहसी कम्युनिष्ट योद्धा रहेको भन्दै उहाँले दशकौंसम्म उहाँले पार्टीलाई पु¥याएको योगदानलाई पार्टीले सधै सम्मान गर्ने बताउनुभयो ।

राजनीतिक प्रसंगमा उहाँले कम्युनिष्ट सरकारलाई घेराबन्दी गर्न शुरु गरिएको बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले गरेका राम्रा कामहरु देखेर देशको भलो नचाहनेहरुले देशमा गतल अफवाह फैलाउन शुरु गरेको बताउनुभयो ।

‘देशमा अहिले प्रतिक्रियावादी तत्वहरु सलबलाउन थालेका छन्, बौद्धिक जमातलाई प्रयोग गरेर सरकारको विरोध गर्न लागाइएको छ, यसमा तपाइ हामी सजक बन्दै अघि बढ्नुुपर्ने बेला आएको छ’– आचार्यले भन्नुभयो ।

उहाँले सरकारले पछिल्लो समयमा श्रमिकलाई पेन्सन योजना, प्रधानमन्त्री युवा रोजागार कार्यक्रम, जलविद्युतमा जनताको लगानीजस्ता कार्यक्रम अघि बढाएको भन्दै यसले जनताको जीवनस्तर माथि उठाउन फाइदा पुग्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्यले हिमलाल लम्सालको निधनले बंगलाचुलीमा कम्युनिष्ट अविभावक गुमाउनुपरेको भन्दै दुख व्यक्त गर्नु भयो । हिजोको सामन्ती व्यवस्था र तानाशाहको विरुद्धमा सशक्त आवाज उठाउने मध्येका एक कम्युनिष्ट योद्धा लम्साल पनि रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यदल सदस्य तुलसीराम पुनले अथह यौद्धाको निधन भन्दै दुःख व्यक्त गनुृभयो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले लम्सालको निधनले बंगलाचुली गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीले एउटा अविभावक गुमाएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुलीका अध्यक्ष डोमाकान्त कवरको अध्यक्षतामा भएको कार्यक्रममा बंगलाचुली गाउँपालिका ३ का अध्यक्ष शोभाराज विश्वकर्माले लम्सालको योगदानको चर्चा गर्नुभएको थियो । लम्सालका भाइ गिरिराज लम्सालले कार्यक्रममा कृतयज्ञता ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा बंगलाचुली गउँपालिका उपाध्यक्ष यमुना थापा मगर, विप्लव नेतृत्वको नेकपाका भीमबहादुर रानालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण खगराज लम्सालले गर्नुभएको थियो ।

Facebook Comments