• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यूनाइटेड मन्टेश्वरी स्कूल घोराहीको छैठौं बार्षिकोत्सव




यूनाइटेड मन्टेश्वरी स्कूल घोराहीले छैठौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले बालबालिकाको शैक्षिक सुधारका लागि जतिसक्यो धेरै अभिभावकको सक्रियता बढाउनुपर्ने र यूनाइटेड मन्टेश्वरीमा आफूले यो पाएको र अन्य विद्यालयले पनि अभिभावक परिचालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले फाटेको र मैलो जाङे हल्लाउँदै ढिके नुन र मकैको रोटीको टिफिन बोकेर स्कुल गएजो स्मरण गर्दै मन्टेश्वरी विधिबाट अध्ययन गर्ने आजका बालबालिकाहरुको शारीरिक, मानसिक र सम्वेगात्मक विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक एवं घोराही १५ का वडा सदस्य सतनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रदेश सचिव सन्तोष दहित, महासंघ दाङका पअध्यक्ष सविन प्रियासन, सल्लाहकारद्वय सुदीप गौतम र दुर्गालाल केसी, पूर्वउपाध्यक्ष नरेन्द्र केसी, सचिव भुपेन्द्र ओली, प्याब्सन घोराही नगरका अध्यक्ष वीरेन्द्र चन्द, प्रिन्सिपल रञ्जना पछाइँ, विद्यार्थीहरु सुज्ञानी गुरागाइ र सम्पदा श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा माथिल्लो कक्षामा जाने विद्यार्थीलाई दीक्षित गरिएको थियो भने विभिन्न प्रतियोगिताका विजयी अभिभावकहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थी र अतिथि कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालयका सञ्चालन समिति सदस्य कृष्णदेव थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षा निर्देशक केशरमान बिसीले गर्नुभएको थियो । विद्यालयमा १४ शिक्षक र १ सय ३० विद्यार्थी रहेको जानकारी कार्यक्रममा गराइएको थियो ।

Facebook Comments