• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा नेकपाका स्थानीय तह पदाधिकारीले लिए सपथ, को कुन पदमा ?




लामो समयदेखि रोकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहसम्म एकताले गति लिन थालेको छ ।

जसअनुसार आज दाङका दशवटै पालिकाका अध्यक्ष र सचिवले सपथ लिएका छन् ।

नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले स्थानीय तहका पदाधिकारीलाई सपथ गराउनुभएको हो । सो क्रमममा उहाँले सबै तहमा एक महिनाभित्र एकताले पूर्णता पाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लगायत बोल्नुभएको थियो ।

यी हुन् नेकपा दाङका स्थानीय तहका पदाधिकारी

घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ ।

लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका बसन्तराज शर्मा ‘विक्रान्त’ सचिव बन्नुभएको छ ।

राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ ।

गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल ‘विश्वास’ सचिव बन्नुभएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्वएमालेका शंकर चौधरी सचिव बन्नुभएको छ ।

बंगलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ ।

बबइ गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ ।

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ ।

दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ ।

Facebook Comments