• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धम्की दिएको भन्दै निवेदन दर्ता




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे एक विद्यालयका विद्यार्थीले धम्की दिएको भन्दैमा स्थानीय प्रशासनमा हस्ताक्षर सहितकाे निवेदन दर्ता गरेका छन् ।

हिमालय माध्यमिक विद्यालय खाेलागाउँमा प्राविधिक बिषय अन्तरगत कृषि जेटिए पढ्ने विद्यार्थीहरुले प्रहरी चाैकी खाेलागाउँमा हस्ताक्षर सहितको निवेदन दर्ता गरेका हुन् ।

३५ जना विद्यार्थीहरुले नवीन मल्ल भन्ने विद्यार्थीले अाफुहरुलाई मार्ने धम्की दिएको भन्दै प्रहरीमा निवेदन दर्ता गरेका हुन् । फागुन १ गते स्थानीय प्रशासनमा निवेदन दर्ता गरेका हुन् । एक जना विद्यार्थीले नाम नबताउने सर्तमा भने नवीन मल्लले हामीहरुलाई मार्ने धम्की दिएकाेले हामीले हस्ताक्षर सहितको निवेदन दिएका छाैँ ।

उनले भने हामीले छलफल गरि दाेषीलाई कारबाही हाेस भनी निवेदन दिएका हाैँ , छलफल भने अझै भएको छैन् । विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता समेत रहेका नवीन मल्लले अाफुले कुनै पनि किसिमको धम्की कसैलाई नदिएको बताए । उनले भने मैले कसैलाई पनि धम्की दिएको छैन् , याे मलाई फसाउने तरिकाले रचिएको षड्यन्त्र मात्र हाे ।

उनलेे भने यदि कसैले मेराे मानहानी तथा खराब नियतले निवेदन दिएको भए हामीलाई सह्य हुने छैन् । उता इलाका प्रहरी कार्यालय चाैरजहारी प्रहरी निरीक्षक प्रकाशचन्द गुप्ताले पनि धम्की दिएको भनेर निवेदन दिएको बताएका छन् ।

उनले भने निवेदन दर्ता भएको छ अहिले उनीहरुको सम्मेलन चलिरहेको छ , सम्मेलन सकिने बितिक्कै वास्तविक के हाे छलफल गर्छौ । दुबै पक्षलाई राखेर हामी छलफल गर्छौं प्रहरी निरीक्षक गुप्ताले भने यदि मिल्न सकेन भने माथिल्लो तहमा सिफारिस गर्छौं ।

उनले भने नवीन मल्लले पनि त्यहि विद्यालयमा पढ्ने भएकोले विद्यालयमा पुगेपछि छलफल गर्छौं त्याे भनेको भाेलिसम्म छलफल हुन्छ । नवीन मल्लले हिमालय माविमा तीन वर्षे बाली विज्ञान अध्यन गरिरहेका छन् ।

Facebook Comments