• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
न्यौपाने परिवारद्वारा विद्यालयमा अक्षयकोष स्थापना




घोराही उपमहानगरपालिका १ का रामप्रसाद न्यौपाने र रिमा न्यौपानेको स्मृतिमा छोराछोरीले अक्षयकोष स्थापना गरेका छन् ।

रिमा न्यौपानेको १३ औं दिनको पुण्यतिथिमा घोराही १८ नवलपुरमा आयोजित श्रद्धाञ्जलीसभामा छोराछोरीको तर्फबाट आधारभूत विद्यालय सिमलतार रामपुरमा राख्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो ।

छोराहरु बोधीलाल न्यौपाने, लोकराज न्यौपाने, मधुसूदन न्यौपाने, नवराज न्यौपाने, सूर्यमणि न्यौपाने र प्रकाश न्यौपाने तथा छोरीहरु कमला आचार्य र शान्ता आचार्यले अक्षयकोष स्थापना गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगर कमिटीले गरेको श्रद्धाञ्जली कार्यक्रममा राइला छोरा नवराज न्यौपानेले परिवारको तर्फबाट अध्यक्षकोष घोषणा गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले अक्षयकोष स्थापना गर्ने घोषणाको स्वागत गर्दै दिवंगतहरुको सम्मानमा हरेक परिवारले योगदान गर्नुपर्ने बताउनुभयो । व्यक्तिको निधनसँगै सबै कुरा सकिने परिपाटी गलत भएकाले बाँचेकहरुको मृतकको सम्मानमा केही गर्ने संस्कारले मानिसलाई अमर बनाउने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले कम्युनिष्ट आन्दोलनलाई ठूलो सहयोग गरेको परिवारले दिवंगतलाई सम्झन गरेको सकारात्मक प्रयासको प्रशंसा गर्नुभयो । नेकपाका घोराही उपमहानगर कमिटी अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।

Facebook Comments