• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोकाको स्मृतिमा श्रद्धाञ्जलीसभा, संस्कार बदल्दै जानुपर्छः शर्मा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले समाज विकाससँगै सामाजिक संस्कार सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

अखिल क्रान्तिकारी दाङका संयोजक एवं घोराही उपमहानगरपालिका १९ का वडा सदस्य जंग रोकाका बुवा मोहनसिंह रोकाको स्मृतिमा आज घोराही १९ नयाँवस्तीमा नेकपा घोराही उपमहानगर कमिटीले गरेको श्रद्धाञ्जलीसभामा उहाँले यस्तो बताउनुभएको हो ।

सयौं बर्ष अगाडिको समाजको चेतनाअनुसार जन्म मृत्युलगायतका संस्कार बनाइएकाले आजको समाजमा असहज देखिने गरेको टिप्पणी गर्दै उहाँले संस्कारको समाजको विकाससँगै सुधारेर लैजानुपर्ने बताउनुभयो ।

नेकपा दाङका कार्यदल सदस्य टीकाराम खड्काले हरेक व्यक्तिको जीवन मृत्यु स्वाभाविक भएकाले मृतकका कृतिलाई अमर राख्नेतिर परिवारले सोच्नुपर्ने बताउनुभयो । परिवारको तर्फबाट छोरा जंग रोकाले कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

नेकपा घोराही उपमहानगर कमिटीका अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।

Facebook Comments