• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्यमोदयमा परिकार मेलाः विद्यार्थीले पकाए, शिक्षक अभिभावकले खाए




सधै किताव कापीको झोला बोकी विद्यालय जाने विद्यार्थी फरक पोशाक र भुमिकामा हातमा खाद्यन्न, सागसब्जी, नुनतेल लगायतका सरसमान बोकेर विद्यालय प्रवेश गरे । त्यो देख्दा अन्य तल्लो र माथिल्लो तहका विद्यार्थीहरु विद्यालयमा भोजभतेर सहितको कुनै कार्यक्रम रहेछ भन्ने बुझे । केही समयमै विद्यार्थीहरु करिव २० वटा स्टलमा छुट्टाछुट्टै परिकार पकाउन शुरु गरे ।

विद्यालय पुग्न बित्तिकै हातमा किताव र कापी कमल लिएर पढ्न बस्ने विद्यार्थीहरु यसदिन हातमा डाढु पन्युउ, कराई लिएर पकाउन बसे । जसले विद्यालयमा नौलोपना थप्यो । कक्षा ८ का विद्यार्थीहरुको पेशा तथा व्यावसाय शिक्षा अन्तर्गतको प्रयोगात्मक शिक्षा परिकार मेलाले फरक भुमिका र पोशाकमा उभ्याएका विद्यार्थीहरुमा उत्तिकै उत्साह पनि थपिएको थियो ।

पद्यमोदय पब्लिक नमूना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययरत सगुन डाँगीले भन्नुभयो– ‘पढेको कुरा व्यावहारमा उतार्न पाउदाँ खुसी छौं । भने आफ्नै हातले खाजा बनाई शिक्षक र बाआमा लाइृ खुवाउन पाउदाँ ज्याँदै रमाइलो लागेको छ ।’ जसले अपौचारिक शिक्षा सँगै प्रयोगात्मक शिक्षामा ठूलो सिकाई थपिदिएको उहाँको भनाई छ ।

पाठ्यक्रम र पाठ्यपुस्तकको पढाई सँगै प्रत्योगात्मक अभ्यास गर्न पाउदाँ शैक्षिक सिकाईमा ठूलो राहात थपिएको उहाँले बताउनुभयो । जसका व्यापार ब्यावसाय सिकाई, मौलिक खानपान, विदेशी खान बनाउने तरिका सिकाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘सधै हामी आमा, दिदि र भाउजुले बनाएका खाना खान्छौं । तर कसरी बनाउछन मिठो र स्वथ्यकर खाना भन्ने तरिका पनि सिकाएको छ । ’

उहाँ मात्रै होईन उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत करिव चारसय विद्यार्थीहरु प्रयोगात्मक शिक्षा अन्तर्गत विभिन्न परिकारहरु बनाउदै थिए । कोही पकाउन र कोही पु¥याउन व्यस्त थिए । शिक्षक र अभिभावकहरु यो छ र त्यो छ भन्दै मगाउदै थिए । शिक्षक र अभिभावकहरु लाई आफैले बनाएको खाजाका परिकार खुवाउन व्यस्त रहेकी निकिता सुवेदी भन्नुभयो –‘धेरै अप्ठेरो हुनेरैछ । पकाउन, पढेको जस्तो सजिलो हुनेरैनछ । ’ तर पनि आफैले पकाएर साथीभाई, शिक्षक र आफ्ना बाआमा स्कूलमै खवाउन पाउदाँ ज्याँदै रमाइलोे सहितको सिकाई भएको उहाँले बताउनुभयो ।

विद्यार्थीहरुको सिकाई बृद्धि गर्नका लागि विद्यालयमा एकदिने परिकार मेला राखिएको विद्यालयका शिक्षक दुर्गा पाण्डेले बताउनुभयो । ‘जसले पढेको कुरालाई व्यावहारमा उतार्न निकै सजिलो बनाउदछ । ’ – उहाँले भन्नुभयो । शैक्षिक क्रियाकलाप अन्तर्गत विद्यार्थी सिकाई उपलब्धीलाई विकास गर्ने उद्देश्यका साथ विद्यार्थी आफैले उक्त कार्यक्रम आयोजना गरी मेलाका रुपमा विद्यार्थीहरु सम्पन्न गरेको उहाँले बताउनुभयो ।

Facebook Comments