• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालगञ्जबाट रुकुम जादै गरेको बस दुर्घटनाः चारको मृत्यु, नौ घाइते




नेपालगञ्जबाट जाजरकोटहुँदै रुकुमकोट आठबीसकोट राडी जाँदै गरेको बस जाजरकोटको भेरी नगरपालिका १ डाँडाबिसौनामा केहीबेर अघि दुर्घटना भएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । नेपालगञ्जबाट राडी जाँदै गरेको भे १ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो ।

मृतकको पहिचान नभएको र घाइतेहरुको उद्धार भइरहेको घनास्थलमा रहेका रुकुमपश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष टेकबहादुर पुनले जानकारी दिनुभयो ।

बस सडकबाट खसेर नदी किनारको बगरमा पुगेको छ । मृतक एक जना डोल्पाको भएको खुले पनि नाम नखुलेको र अन्यको केही नखुलेको उहाँले बताउनुभयो ।

घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट लैजाने तयारी गरिएको छ ।

Facebook Comments