• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा लखन थापा कप फूटबल शुरु (भिडियोसमेत)




दाङको घोराहीमा प्रथम सहिद लखन थापाको स्मृति र सम्मानमा लखन थापा कप फूटबल शुरु भएको छ । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले कप उद्घाटन गर्नुभएको हो । नेपाल मगर संघ दाङले १४२ औं लखन दिवसका अवसरमा खेलकूद आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सभामुख घर्तीले प्रदेश विस्तारै अघि बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । राजधानी र स्थानीय संरचना, कर्मचारी र कानूनको अभावमा समस्या रहेको उल्लेख गर्दै प्रदेशस्तरमा १६ कानून प्रमाणीकरण भइसकेको र थप कानूनहरु निर्माणको चरणमा उल्लेख गर्दै सभामुख घर्तीले कानूनले काममा केही समस्या परेको भन्दै अबको एक बर्षमा त्यसको समाधान हुने बताउनुभयो ।

देशको शासन प्रणाली परिबर्तनका लागि विभिन्न कालखण्डमा सहिदहरुको आहुतीले सम्भव रहेको भन्दै सभामुख घर्तीले सहिदहरु प्रेरक ब्यक्तिहरु रहेको भन्दै उनीहरुको सम्मान गर्नुपर्ने बताउनुभयो । सहिदहरुको योगदानले देशमा परिबर्तन आएको उल्लेख गर्दै सभामुख घर्तीले प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।

नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाल मगर संघका केन्द्रीय सदस्य साबित्रा राना मगर, नेकपाका नेता सुबास पुन, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, फुटबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठ, नेपाल मगर संघका पुर्ब अध्यक्ष भोपलाल रोका मगर, सल्लाहकार दयाजी रोका मगरले बोल्नुभएको थियो ।

फुटबल प्रतियोगिता उद्घाटन पुर्ब घोराहीमा रहेको लखन पार्कमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गरी ¥यालीसहित तुलसीपुर चोक हुदै भरतपुर खेलमैदानमा पुगेर उद्घाटन गरिएको हो । संघका बरिष्ठ उपाध्यक्ष डिल्ली जिएमको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिब मुक्त बुढा मगरले गर्नुभएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा हापुर युथ क्लबले २—१ गोल अन्तरले बिजयी भएको छ । उद्घानटन खेलमा बबई मगर एकता क्लबलाई २—१ गोल अन्तरले युथ क्लबले बिजयी सुरुवात गरेको हो ।

निकै प्रतिष्पर्धात्मक रहेको खेलको २४ औँ मिनेटमा हापुर युथ क्लबका ईश्वर रोकाले गोल गरेर अग्रता बनाएका थिए भने ३१ औँ मिनेटमा गेदलाल रोकाले गोल गरेर जितका लागि अग्रता गराएका थिए ।

यस्तै बबई मगर एकता क्लबका तर्फबाट दोस्रो हाफमा ३१ मिनेटमा किरण खत्रीले सान्त्वना गोल गरे पनि जित भने गराउन सकेनन् । प्रतियोगिताको दोस्रो दिन भोली बिहान ८ बजे तुलसीपुरको एसएसएफए र पद्मोदय र दिउसो २ बजे मेघा युबा क्लब पहेलो र संगठित युबा क्लबबीच हुने छ ।

Facebook Comments