• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश स्थापना दिवसको अवसरमा रक्तदान




प्रदेश नं ५ को स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान गरिएको छ ।

प्रदेश नं ५ को आयोजना, स्वास्थ्य कार्यलय दाङको समन्वय र नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

घोराही उपमहानगरपालिकाका कार्यक्रम अधिकृत नरेश शर्मा र रक्त संचार सेवा केन्द्रका गोपी चौधरीको रक्तदानबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।

स्वास्थय कार्यालय दाङका निमित्त प्रमुख प्रकाश योगीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन विमल केसीले गर्नुभएको थियो ।

रक्त संचार सेवा केन्द्रका इन्चार्ज दिलीप न्यौपाने, सहेअ अधिकृत कुन्दन ठाकुर, नरेश आचार्यलगायलते बोलनुभएको थियो । वक्ताहरुले प्रदेश राजधानी दाङ हुनुपर्ने बताएका थिए ।

Facebook Comments