• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामान्तर स्ववियु चलाउछाैँ : भट्टराई




विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले देशभरका क्याम्पसमा समान्तर स्ववियु चलाउने बताएका छन् ।

नेकपा निकट अखिल क्रान्तिकारीकाे २५ अाैँ जिल्ला सम्मेलनकाे चाैरजहारीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

केन्द्रीय उपाध्यक्ष भट्टराईले भने सरकारमा रहेका नेताहरुले नै निजि विद्यालयमा लगानी गरेका छन् जसले गर्दा नेपालमा समान शिक्षा लागू हुन सक्दैन , समान शिक्षा हुन नसकेमा जनवादी , वैज्ञानिक शिक्षा पनि लागू हुदैन ।

उनले भने पुजीवादी शिक्षाको अन्त्य भई जनवादी शिक्षा लागू हुन शिक्षामा ब्यक्तिले हाेइन , राज्यले लगानी गर्नुपर्छ । अहिलेकाे शिक्षा नितिले विद्यार्थीलाई स्वाभिमान बनाउन सक्दैन उपाध्यक्ष भट्टराईले भने किनकि सरकारले विद्यार्थीलाई राजनीतिमा बन्देज गरेको छ ।

संसारका ठुलठुला परिवर्तनका अान्दाेलनमा विद्यार्थी अान्दोलन अपरिहार्य रहेको बताउदै उनले भने नेपालमा एकपटक फेरि विद्यार्थी अान्दोलन उदाउनु अावश्यक छ ।”

बुर्जुवा शिक्षा र शैक्षिक माफिया विरुद्ध कम्युनिस्ट विद्यार्थी अान्दोलन , वैज्ञानिक समाजवादी शिक्षा प्राप्ति सुदृढ संगठन र जुझारु नेतृत्व निर्माणकाे लागि २५ अाैँ जिल्ला सम्मेलन ” भन्ने उद्घाटन भएको सम्मेलन २ दिनसम्म चल्नेछ ।

संगठनका नि. वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र बस्नेतकाे अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मिलन , अटल लगायतको अाथित्यता रहेको थियाे भने संगठनका जिल्ला नि. वर्तमान सचिव प्रेम प्रसान्त बाेहराकाे सञ्चालन र काेषाध्यक्ष हरि पुनकाे स्वागत मन्तव्य रहेकाे थियाे ।

जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको सम्मेलमार्फत विभिन्न पार्टी परित्याग गरि २१ जनाले नेकपामा प्रवेश गरेका छन ।

Facebook Comments