• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुुर्गम बस्तीमा रोल्पाली सेवा समाजको विशेषज्ञ स्वास्थ्य शिविर




रोल्पाली समाज सेवा दाङले रोल्पाको परिवर्तन गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर गरेको छ ।

समाजले माघ २९ र फागुन १ गते गरी दुुई दिनमा एक हजार १० जना सर्वसाधारणको स्वास्थ्य परिक्षण, रोग निदान तथा औषधि उपचार गरेको हो । शिविरमा छाला तथा यौन रोगका ७० जना, सर्जरी सम्बन्धी ५७ र वाल रोग सम्बन्धी ७३ जनाको रोग निदान तथा उपचार गरिएको समाजका अध्यक्ष मदनकुुमार वली जानकारी दिए । उनका अनुसार महिला तथा प्रसुति सम्बन्धी एक सय तीन जना, हाडजोर्नी तथा नशा रोग सम्बन्धी एक सय ९२ जना, दन्त रोग सम्बन्धी ५२ जना र जनर मेडिसिन सम्बन्धी दुुई सय ७४ जनाले उपचार पाएका छन् ।

त्यसैगरी आँखा सम्बन्धी एक सय ३२ जना, भिडियो एक्सरे सेवा एक सय ५२ जना र प्रयोगशाला सेवा एक सय ९८ जनाले पाएको वलीले जानकारी दिए ।

उपचारमा छाला तथा यौन रोग विशेषज्ञ डा. प्रताप पोख्रेल, सर्जरी डा. जनार्दन पन्थी, वालरोग विशेषज्ञ डा. कृष्णहरी सुवेदी, महिला तथा प्रसुति रोग विशेषज्ञ डा. रमेश यादव, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. विनोद रोका, दन्त रोग विशेषज्ञ डा. चेतनारायण पाण्डे, जनरल मेडिसिन डा. दिपेश आचार्य, वरिष्ठ स्वास्थ्यकर्मी मदनकुमार वली संलग्न थिए ।

त्यसैगरी भिडियो एक्सरे डा. दिपेश आचार्य, प्रयोगशालामा ल्याव टेक्निसिएन जितबहादुुर डाँगी र भ्रमण वली, आँखा उपचारमा नेत्र सहायक मिलन खत्री सहभागी थिए ।

‘यसरी दुुर्गम बस्तीमा यस्तो खालको बृहत् विशेषज्ञ सहितको स्वास्थ्य शिविर गरिएको रोल्पा जिल्लामै पहिलो हो,’ समाजका सचिव कृष्ण बुढा मगरले भने, ‘आम जनताको स्वास्थ्यमा केही राहत होस् भनेर हामीले शिविर आयोजना गरेका हौं ।’

समाजका उपाध्यक्ष बागसिंह खत्रीले दूरदराजमा रहेका र स्वास्थ्य सेवामा पहुँच नभएका त्यस भेगका विपन्नवर्गका जनतालाई ठूूलै राहत भएको बताए ।

समाजका सदस्य विशाल सुुवेदीले शिविरमा पत्ता लगाएकाहरु मध्ये जटिल प्रकारका समस्या भएका एक सय एक जना विरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको जानकारी दिए ।

उक्त शिविरमा करिव १० लाख रुपैयाँ बराबर आर्थिक खर्च भएको समाजका कोषाध्यक्ष रेवन्तकुुमार श्रेष्ठले जानकारी दिए ।

समाजका सह–सचिव खर्कबहादुर डाँगीले शिविरमा एक जना प्रसुतिसम्बन्धी परिक्षण गर्न आएकी महिलाको पेटमा करिव ६ महिनाको बच्चा मृत अबस्थामा रहेको पाइएको जानकारी दिए । ती महिलालाई थप उपचारका लागि रिफर गरिएको छ ।

शिविरको सम्पूर्ण व्यवस्थापनको जिम्मा परिवर्तन गाउँपालिकाले लिएको थियो ।

रोल्पाली समाज सेवा दाङ ७ वर्ष पहिले स्थापना भएको एक कृयाशिल सामाजीक संस्था हो । समाजले एम्वुलेसन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । केही समय भित्रै शवबहान सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले जानकारी दिए ।

परिवर्तन गाउँपालिकाको पुुत्लाचौरमा एक औपचारीक कार्यक्रमको आयोजना गरी विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष मदनकुमार वलीको अध्यक्षता एवम् प्रदेश सभासद् एवम् प्रदेश राजधानी सरोकार समितका अध्यक्ष दीपेन्द्रकुमार पुन ‘सिजल’ को प्रमुुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समाजका सदस्या पूर्ण बहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सर्जन डा. जनार्दन पन्थी र परिवर्तन गाउँपालिकाका अध्यक्ष निमाकान्त डाँगीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका शाखा अधिकृत नन्दबहादुर परियारले गरेका थिए ।

समाजले शिविरमा आर्थिक तथा व्यवस्थापन सहयोग गर्ने परिवर्तन गाउँपालिका, भिडियो एक्सरे मेशिन उपलब्ध गराउने स्मृती अस्पताल घर्तीगाउँ लागयत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comments