• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा जनयुद्ध दिवसः सडकदेखि सभासम्म (फोटो फिचर)




दाङमा २४ औं जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले घोराहीमा अन्तक्र्रिया गरेको छ ।

नेकपा दाङका कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षता एवं प्रदेश सचिव जगप्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस्तै सोही पार्टीनिकट अनेमसंघ क्रान्तिकारीले घोराहीमा जुलुस प्रदर्शन गरेको छ । जुलुसको अगुवाइ नेपालकै पहिलो महिला छापामार एवं नेकपाका केन्द्रीय सदस्य नारायणी शर्मालगायतले गर्नुभएको थियो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले पनि आफ्नो २४ औं महान जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाई रहेको छ ।

त्यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी घोराही नगर समिति दाङले पनि आफ्नो २४ औं महान जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । घोराही नगर समिति दाङले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङ शाखामा १८ जनाले रक्तदान गरेका छन् ।

तस्विरः कुलदीप न्यौपाने

Facebook Comments