• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिटिल एञ्जल स्कूलमा पुरस्कार वितरण




लिटिल एञ्जल स्कूल घोराही १८ ले बर्षभरि र बार्षिकोत्सवको अवसरमा सञ्चालन गरेका विविध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल वितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम र बिशिष्ट अतिथि नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले पुरस्कार तथा मेडल वितरण गर्नुभएको थियो । २२ औं बार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकूद सप्ताह सम्पन्न गरेको थियो । विद्यालयले माघ २५ गते बार्षिकोत्सव मनाएको थियो ।

प्रमुख अतिथि जीएमले अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइको महत्वपूर्ण आधार भएको बताउँदै धेरैभन्दा धेरै विद्यार्थीलाई यसमा सहभागी बनाउनुपर्ने बताउनुभयो ।

बिशिष्ठ अतिथि केसीले शिक्षणको सार नै प्रयोगात्मक भएको र अतिरिक्त क्रियाकलाप त्यसको आधार भएकाले विद्यार्थीको शारीरिक, सामाजिक, बौद्धिक र संवेगात्मक विकासका लागि जतिसक्यो धेरै यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले तयार गरेका विज्ञान प्रदर्शनी पनि सार्वजनिक गरिएको थियो ।

विद्यालयका सहप्राचार्य बिमल रोकाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्राचार्य यादव गिरीले गर्नुभएको थियो भने शिक्षक पूर्णचन्द्र गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०५३ सालमा स्थापना भएको यो विद्यालय घोराही १८ उच्च टोलमा रहेको छ भने हाल ७ सय ५३ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Facebook Comments