• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकतापछि पहिलोपटक जनयुद्ध दिवस मनाउँदै नेकपा




फागुन १ गते देशभरि २४ औं जनयुद्ध दिवस मनाइदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो ।

सोही दिनको अवसरमा हरेक बर्ष माओवादी घटकहरुले यो दिवस मनाउँदै आएकोमा यो बर्षदेखि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि यो दिवस मनाउँदै छ । अन्य माओवादी घटकहरुले पनि जनयुद्ध दिवस मनाउँदै छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले घोराहीमा हुने जनयुद्ध दिवसमा उपस्थितिका लागि अनुरोध गरेको छ । विहान ११ बजे घोराही उपमहानगरपालिकाको हलमा कार्यक्रम हुनेछ । नेकपा दाङका जिल्ला कार्यदल सदस्य टीकाराम खड्का र तुलसीराम पुनले विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभएको हो । ‘नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धको प्रभाव’ बिषयक अन्तक्र्रिया हुने विज्ञप्तिमा उल्लेख छ ।

जनयुद्ध र जनआन्दोलनमा जगमा नेपालमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै विज्ञप्तिमा यसकै पृष्ठभूमिा संविधानसभाको निर्वाचन, नयाँ संविधान निर्माण भइ देश आमूल परिवर्तनको दिशा अघि बढेको तथा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ कम्युनिष्ट आन्दोलन नयाँ दिशामा अघि बढेको उल्लेख छ ।

मुलुकमा शोषित पीडित जनतालाई राजनीतिक मूलधारमा ल्याउन तथा जनताको मुक्ति र परिवर्तनको चाहनालाई पूरा गर्न शुरु गरिएको जनयुद्धको नेपालको आमूल राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेको विज्ञप्तिमा उललेख छ ।

Facebook Comments