• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सातकुलेमा स्वाथ्य शिविर, नागरिकले निशुल्क उपचार पाउनुपर्छः पूर्वमन्त्री शर्मा




तुलसीपुर उप–महानगरपालिका वडा नं. १८ सातुकलेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

परिवार नियोजन दाङ, राप्ती आँखा अस्पताल, पन्थी डेन्टल क्लीनिक, सोनापुर सिमेन्ट क्षेत्रिय आयुर्वेद चिकित्सालयकको सहयोग एवं स्थानीय हिमचुली बोडिङ स्कुलको संयोजनमा शिविर संचालन गरिएको थियो । शिविरको संघीय संसद सदस्य एवं पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले उद्घाटन गर्नु भएको थियो ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथी शर्माले आधारभुत स्वास्थ्य नागरिकलाई निशुल्क प्रदान गर्नुपर्ने बताउँनुभयो । सर्वसाधारणलाई राज्यले नै निशुल्क स्वास्थ्य उपचार गर्ने कुरा मौलिक हकमै ग्यारेन्टी गरेको भन्दै त्यसको कार्यागर्न गर्न यस्ता स्वास्थ्य शिविरले सहयोग गर्ने उल्लेख गर्नुभयो । यस्ता शिविर गाउँ ÷गाउँ सम्म पु¥र्याउन आबश्यक भएको वताउँदै त्यसलाई अभियानका रुपमा अगाडी बढाउँनु पर्ने वताउँनुभयो ।

शिविरमा स्त्री रोग, आँखाको उपचार, दाँत तथा यौन रोगको उपचार तथा परामर्श दिइएको थियो । शिविरमा परिवार नियोजन दाङ शाखाले निशुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए भने बृद्धबृद्धाको पनि छुट्टै उपचारको व्यवस्था गरिएको थियो ।

शिविरमा डाक्टर रामेश्वर खत्रि, डा अनुपप्रसाद केसी, स्वास्थ्यकर्मीहरु सिर्जना ज्ञवाली, सन्जु भण्डारी, आशा बस्नेत, सन्ध्या गौतमले विरामीको उपचार गर्नुभएको थियो ।

परिवार नियोजन दाङ शाखाकी सचिव माया देवकोटाको अध्यक्षता एवं परिवार नियोजनकी केन्द्रिय सदस्य निर्मला गौतम विशिष्ट अतिथ्यतामा कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ दाङ सदस्य जनक नेपाली, सोनापुर सिमेन्टका गणेश भट्ट लगायतले शिविरमा प्राप्त सवै सेवा लिन स्थानियलाई आग्रह गर्नुभएको थियो ।
तुलसीपुर १८का वडा अध्यक्ष माधवप्रसाद वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण परिवार नियोजनका प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो । शिविरको सम्पुर्ण संयोजन पत्रकार गिरीराज नेपालीले गर्नुभएको थियो ।

Facebook Comments