• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संगठन दाङको तेस्रो जिल्ला सम्मेलन, अध्यक्षमा परियार




नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल दाङले आफ्नो तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । संगठनले सोमबार घोराहीको साई मन्दिरमा एक औपचारिक कार्यक्रम गरि आफ्नो तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो ।

युवा संगठन नेपाल दाङ जिल्लाका संयोजक मनोज परियारको अध्यक्षता एवं युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनले क्रान्ति छिटो गर्नको लागि संगठनको आवश्यता पर्ने र त्यसको लागि जनतालाई पार्टीको कार्य दिशा स्पष्ट रुपमा बुझाउँनु पर्ने बताए । अहिले वर्तमान सरकारले समाजवादका नारा दिदै सत्ता भित्रको कुर्सीका लागि लडाई लडिरहेको हुनाले अब शान्ती र समृद्धिको लागि हुनकालागि बैज्ञानिक समावाद स्थापना गर्नुपर्ने समेत बताए । ‘यो देशमा ग्यारेन्टी भनेको जन्म र मृत्यु मात्र हो’ उनले भने ‘ त्यसैले एक पटक समाज परिवर्तकै लागि भएपनि मर्न तयार हुनुपर्छ ।’

पार्टीको सहायक टिम युवा संगठन नेपाल भएको र आवश्यक परे सेना पनि बन्न तयार हुनुपर्ने उनको भनाई थियो । यो संगठन पार्टीको एक अभिन्न अंग भएकाले आफ्नो जिम्मेवारी निभाएर काम गर्नुपर्ने र कम्युनिष्टमय भएर जनताका माझमा गई पार्टीको एकिकृत जनक्रान्तिको कार्य्दिशाको बारेमा स्पष्ट रुपमा बुझाई संगठित गर्नुपर्ने समेत तथा संगठनलाई आत्मनिर्भर बनाउनुपर्ने जस्ता कुरा उल्लेख गरे ।

अखिल क्रान्तिकारी दाङ जिल्लाकी अध्यक्ष प्रितिमा चौधरी, खेलकुद विकास विभागका केन्द्रीय सदस्य रुद्र, युवा संगठन नेपालका केन्द्रीय महासचिव सागर लगाएले शुभकामना मन्तव्य दिदै युवा भनेको देशको खम्बा भएको बताए । साथै देशमा क्रान्ति गर्नको लागि युवा शसक्तिकरण आवश्यक रहेको भन्दै सम्पूर्ण क्रान्तिकारी भाब भएका व्यक्तिहरु गोलबद्ध हुनुपर्ने समेत उनीहरुको भनाई थियो ।
कार्यक्रममा जिल्लाका नेता तथा जनबर्गीय संगठनहरुका नेता÷कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो । तुल्सी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जीबनी चौधरीले गरेकी थिईन ।

युवा संगठन नेपाल दाङ जिल्लाको तेस्रो जिल्ला सम्मेलनले मनोज परिवारको अध्यक्षतामा दुई जना पछि थप गर्ने गरी ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तुल्सी चौधरी, सचिवमा जीवनी चौधरी, कोषाध्यक्षमा सुर्दशन, सदस्यहरुमा दिनेश चौधरी, चन्द्र वि.क., विजय, हिमाल डांगी, दिपक खड्का, धनिराम चौधरी, तिलक वि.क.लगाएत चयन भएका भएका छन् । साथै सम्मेलनले ७ जनाको कार्यालय टिम पनि निर्माण गरेको छ ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज तिलक योगीले प्यानल प्रस्ताव राखेका हुन् भने दाङ जिल्लाका इञ्चार्ज सविन पोख्रेलले नवनिर्वा्चित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

Facebook Comments