• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजमोका युवा विद्यार्थी संगठनको अभियान तीब्र




‘स्थानीय तहको अधिकार र बिकास बजेट बृद्धी गर, भ्रष्टाचार, महंगी, कमिसनतन्त्र बन्द गर’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ र अखिल (छैठौ) को ‘जागौ युवा लागौ युवा ’ अभियानले तीव्रता लिएको छ ।

त्यसैक्रममा राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा अभियानका कार्यक्रम भएको छ । अभियानमा अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य राम फकिरे रैदास, सुशील बुढा तेजबहादुर बाठा दिलबहादुर घर्तीलगायत सहभागिता रहेको थियो ।

अभियानकै सिलसिलामा साधारण उच्च माबि राजपुरमा सनवतकुमार यादबको अध्यक्षतामा ५३ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन छैठौंको इकाइ समिति गठन भएको छ ।

जसको उपाध्यक्ष सञ्जु बुढा, सचिव आशकुमार पुन, कोषाध्यक्ष गौरी पुन, सहसचिब सीमा चौधरी रहेका छ्न । यस्तै माबि मा पनि भीमा गिरीको अध्यक्षतामा १ सय ५ सदस्यीय इकाइ समिती गठन भएको छ । जसको उपाध्यक्ष सुशील बर्मा, सचिब रुक्मिणी भण्डारी कोषाध्यक्ष दिपेश गिरी, सहसचिब संगीता बिक लगायत रहेका छ्न ।

Facebook Comments