• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा आयो ‘सगरमाथा हिमाल’




रोल्पामा आजदेखि चतुर्भूज मेला महोत्सवकै रुपमा शुरु भएको छ ।

आजदेखि शुरु भएको मेला फागुन ५ गतेसम्म चल्ने छ । महोत्सवमा रोल्पामै पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेर्न पाइनेछ । महिला तथा पुरुष रेस्लिङ खेलमा नेपालका ख्यातिप्राप्त रेस्लरहरुले प्रदर्शन गर्नेछन् ।

त्यस्तै सगरमाथाको कृत्रिम हिमालको अवलोकन गर्नुका साथै सगरमाथाको फेदमा रहेको मूर्तिमा पूजाआजा समेत गर्न सकिनेछ । ४ लाख बढिको लगानीमा निर्मित कृतिम हिमाल रोल्पालीले पहिलोपटक हेर्न पाउने महोत्सव संयोजक इमबहादुर विष्टले बताउनुभयो ।

महोत्सवभर १ सय २० विभिन्न स्टल रहनेछन् । जसमा २० स्टल कृषकले आफ्नो बस्तु प्रदर्शनका लागि निःशुल्क प्रयोग गर्नेछन् । कृषि महोत्सव भएकाले पनि कृषकलाई विशेष प्राथमिकता दिँदै स्टल निःशुल्क गरिएको संयोजक विष्टले बताउनुभयो । अन्य स्टल समेत निकै न्यून शुल्कमा व्यवस्थापन गरिएको छ ।

आयोजकका अनुसार १५ सयदेखि माथिका स्टलहरु रहेका छन् । त्यस्तै महानायक राजेश हमाल, पशुपति शर्मा, टंक बुढाथोकी, अशोक दर्जीसहित विभिन्न राष्ट्रिय कलाकारहरुले दैनिक सांस्कृतिक प्रस्तुती दिनेछन् । रमाइलो मेलाका साथै मौतको कुवामा महिलाले कार चलाएर कला देखाउने छन् भने पिङदेखि अन्य खेलहरु समेत समावेश गरिएको संयोजक विष्टले जानकारी दिनुभयो ।

चतुर्भूज महोत्सवलाई ४० हजार बढिले अवलोकन गर्ने बताइएको छ । ५१ लाख खर्च अनुमान गरिएको मेलाले धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्य छ ।

चतुर्भूज महोत्सवलाई असफल बनाउन धेरै लागेको भन्दै संयोजक इमबहादुर विष्टले अरुलाई असफल बनाउन खोज्दा आफै असफल हुने ठोकुवा गर्नुभयो ।

सिर्जनशील युवा क्लवको व्यानरमा आयोजना हुन लागेको महोत्सव परम्परागत रुपमा वसन्त पञ्चमीको दिन लाग्दै आएको थियो ।

तस्विर स्रोतः देवी गुरुङ

Facebook Comments