• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लसुनकाे बीउ बिक्री भएन्, कृषक चिन्तित




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाका विभिन्न ठाउँमा लगाएको लसुन बिक्री नहुँदा कृषकहरु चिन्तित भएका छन् ।

लसुन बारीबाट भण्डारण गरेको १० महिना बढी बितिसक्दा पनि बिक्री नहुँदा कृषकहरु चिन्तित भएका हुन् । नगरपालिकाका विभिन्न ठाउँमा लगाएको ३० क्विन्टल लसुन अझै पनि बिक्री हुन् सकेको छैन् । लसुन बिक्री नहुँदा भण्डारण गरेकै ठाउँमा कुहिन र उम्रन सुरु गरेको छ ।

३ सय रुपैयाँ किलाेकाे दरले बिउ किनेर लगाएको चाइनिज लसुन १ सय ५० रुपैयाँ सम्मले प्रति किलाे बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन् । लसुन उत्पादन गरेको लामो समय भइसक्यो तर पनि अहिले सम्म बिक्री हुन् सकेको छैन् वडा न. १० का कृषक राेसन रानाले भने घाटा भएर बिक्री गर्दा समेत बिक्री गर्न सकेनौं ।

उनले भने स्थानीय बजारदेखि सदरमुकामसम्म लसुन बिक्री गर्न खाेजेपनि बिक्री हुन् सकेन अझै १ जना कृषकसँग १ क्विन्टल देखि ५ क्विन्टलसम्म लसुन छ । त्यस्तै वडा न. ११ का कृषक कृष्ण अाेलीले ४ क्विन्टल लसुन उत्पादन गरेकोमा डेढ क्विन्टल लसुन अझै बिक्री हुन् सकेको छैन् ।

उनले भने लसुन घाटामा बिक्री गरेर पनि बिक्री हुन् अहिले त निशुल्क वितरण गर्न लागेकाे छु । उत्पादन लागत नै उठाउन सकेका छैनौं उनले गुणासाे गरे बजारको ग्यारेन्टी गर्न सके मासिक १ लाख मुल्य बराबरको तरकारी उत्पादन गर्ने थिए । उता चाैरजहारी नगर कृषि शाखा प्रमुख बिमल खड्काले भने यश बिषयमा अाफुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । उनले भने नगरपालिका भित्र कति लसुन उत्पादन भएको हाे , कति बिक्री भएको छैन् हामीलाई कुनै पनि जानकारी छैन् ।

नगरपालिकाले कृषकले उत्पादन गरेको वस्तु किनिदिने नीति बनाएको थियोे , कृषि उत्पादन किन्ने याेजना के भाे ? भन्ने प्रश्नमा शाखा प्रमुख खड्काले भने कृषकले उत्पादन गरेको वस्तु किनिदिने भन्ने मलाई जानकारी भएन् , म भर्खर अाएकाे हु । नगरपालिकामा बुझ्नुपर्छ ।

Facebook Comments