• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा दुर्घटनाः रुकुमकी एक महिलाको मृत्यु, सांसद ओली घाइते




दाङमा आज भएको सवारी र्दुघटनामा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम मुसिकोट २ निबासी बर्ष ३६ बर्षीया रमिता शर्मा रहेको वडाप्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिहले जानकारी दिनुभएको छ ।

घटनामा परि प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन् ।

अन्यको अवस्था सामान्य रहे पनि सांसद ओलीको अवस्था भने गम्भीर रहेको छ । उहाँलाई लमहीको फ्लोरेन्स अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

अन्य १३ जनाको लमही अस्पताल र फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ ।

दाङको तुलसीपपुरबाट बीरगञ्जतर्फ जादै गइरहेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटको चिसापानीनजिक बेलुकी पौेने पाच बजे एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । सांसद ओली चढेको कार उहाँले आफै चलाउनुभएको थियो ।
तस्विर स्रोतः दशरथ घिमिरेको फेसबुक

Facebook Comments