• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हापुरेमा बबई साहित्य गोष्ठी हुने




बबई गाउँ पालिकाको हापुरेमा “बबई साहित्य गोष्ठी २०७५” सम्पन्नन हुने भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोगमा आगामी फाल्गुण ११ गते शनिबार हुने सो कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कविता प्रतियोगिता तथा कवि गोष्ठी, जन कलाकार जीवन शर्माको एकल सांगितिक प्रस्तुति तथा साहित्यिक बहस लगायतका कार्यक्रमहरु रहने छन् ।

गोष्ठी सञ्चालक समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा विहिबार बसेको बैठकले जिल्ला स्तरीय कविता प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगी कविहरुलाई फाल्गुण ७ गतेभित्र कुनै पनि चाहेको शीर्षकमा १५० शब्दमा नबढाई अप्रकाशित कविता नाम, ठेगाना र सम्पर्क नम्बर सहित इमेल ठेगाना babaisahitya@gmail.com मा पठाउन अनुरोध गरेको छ ।

सो कार्यक्रममा प्रतियोगिता मूल्यांकन तथा सहभागीताको लागि जिल्लाका स्थापित कवि, साहित्यकारहरुलाई निमन्त्रणा गर्ने पनि बैठकले निर्णय गरेको छ ।

कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि अतिथिव स्वागत तथा व्यवस्थापनको जिम्मेवारी सचिव पुष्कर पौडेल, मञ्च व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष सन्तराम सुनार र प्रचार प्रसारको तथा मिडिया व्यवस्थापनको संयोजनको जिम्मेवारी सह–सचिव शेर बहादुर बस्नेत र झग्गु भण्डारीलाई दिइएको छ ।

कार्यक्रम मा.वि.पदमपुरको प्रांगणमा बिहान ठीक १०ः ३० बजे सुरु हुने जनाइएको छ ।

Facebook Comments