• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रियासन ‘ब्रेकअप डायरी’ बोकेर आउँदै




पत्रकार एवं उपन्यासकार सविन प्रियासन बे्रकअप डायरी उपन्यास ल्याएर आउँदैछन् । आठौ उपन्यासका रुपमा प्रकाशित हुन लागिरहेको ब्रेकअप डायरी काठमाडौंस्थित बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याउन लागिरहेको छ । यस अगाडी प्रियासनको चर्चित उपन्यास पल्लवीलाई बिएन पुस्तकले बजारमा ल्याएको थियो ।

फागुण ९ गते पोखरामा विमोचन गर्ने तयारीसहित उपन्यासको काम अगाडी बढिरहेको बिएनका सञ्चालक सूर्य बिसिले जानकारी दिनुभयो । ५५ हजार शव्द रहेको ब्रेकअप डायरी उपन्यासमा विशेषगरी युवाहरुमा प्रेम वियोगकाकारण देखा पर्ने समस्याहरुलाई कसरी सरलिकृत गर्न सकिन्छ भन्ने सन्देश रहेको छ । कुनै पनि कुरामा ब्रेकअप हुँदा जिन्दगी सकिँदैन, पुनः अगाडी बढ्नुपर्छ, बढ्न सकिन्छ भन्ने सन्देश उपन्यासमा दिन खोजिएको प्रियासनको भनाइँ छ ।

प्रियासनको यसवर्ष चर्चित उपन्यास लक्कीचार्म, सेल्फी प्रकाशन भैसकेको छ भने त्यस अगाडी सहनशीला, पल्लवी, पुनरागमन, भुमरी, रोदन पछिको उपान्यास प्रकाशित भएको थियो । प्रियासनले कथा संग्रहहरु पनि प्रकाशित गरेका छन् । प्रियासनका सबै जसो उपन्यास पाठकहरुको मन जित्न सफल भएका कारण उनका पुस्तकहरु उल्लेख्य बिक्री वितरण हुनेमा पर्दछन् ।

Facebook Comments