• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नमूना बनाउन सरसफाइको रकम विद्यालयलाई




खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति साविक घोराही ६ ले आधारभुत विद्यालय गिठेपानीलाई रकम हस्तान्तरण गरेको छ । सरसफाइको क्षेत्रमा खर्च गर्न नसकेपछि बुझाएको हो ।

विद्यालयका बृहत्तर विकास गर्न दाताहरु खोजिरहेको बेलामा समितिले रकम दिएर स्रहानीय काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसा अक्षय कोष दाताहरु खोजेर विभिन्न पुरस्कार स्थापना गर्न पहल भएको छ । गेट निर्माण, रंगरोगन, सरसफाइ लगाएत अनेकौँ क्षेत्रमा लगानी आवश्यक छ ।

अझै दाताहरु खोजेर विद्यलय क्षेत्र सुन्दर, अनुशासीत र उदाहरणीय बनाउने लक्ष्य छ ।

ठिक १० बजे विद्यालय पुग्ने र चार बजे सम्म बस्नुपर्ने नियम भने विद्यालयले लागु गर्न सकेको छैन । केहि शिक्षक शिक्षिकाको विरोध पछि दशै बजे गेटमा ताला लगाउने अभियानमा अबरोध आएको स्रोतले जानकारी दिएको छ । शुभप्रभात माविको जस्तै कडा नियम नलगाउन प्रअ लोकराज सुवेदि संग केहि शिक्षकले लविङ गरेका थिए । शुरुका दिनमा जोशिएका प्रअ सुवेदि उनिहरुको दवाबाट पछि हट्नुभएको छ ।

यद्यपी अरु विकासमा भने विद्यालय लागि परेको छ । गिठेपानी क्षेत्रको प्रतिष्ठाको विषय बनाएर सुधार्न अगुवाहरु लागिरहेका छन् । अध्यक्ष रावतले विशेष चासो दिएर विद्यालय सुधारमा पहल गर्नुभएको छ ।

स्थापनाकाल देखि नै समितिका बैठक तथा अन्य सार्वजनिक कार्यक्रम त्यसै विद्यालयमा हुँदै आएका थिए । समितिका सदस्य एवं विद्यालयका कर्मचारी घनबहादुर रावतका अनुसार खुला दिसामुक्त वडा घोषणा कार्यक्रम पनि त्यसै विद्यालयमा गरियो । वडाको सरसफाइ अभियानमा विद्यालयले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । त्यसैले पनि बचेको रकम विद्यालयलाई दिनु न्याए संवत हो । तर, विद्यालय आँफै भने सोचे जस्तो सफा सुन्दर हुन सकेको छैन । प्रअ सुवेदि फुलका सौखिन हुनुहुन्छ, घरमा ठुलै फुलवारीछ त्यसको प्रभाव विद्यालयमा पर्छकि भन्ने आशा गरीएको छ । तर अहिले सम्म त्यसतो संकेत देखिएको छैन ।

खर्च गर्ने ठाउँ नपाएपछि सरसफाइ समितिले विद्यालयलाई रकम हस्तान्तरण गर्न लागेको हो । समितिका सचिव दिनेश वलीका अनुसार जनप्रतिनिधि आएपछि सरसफाइलाई सवैभन्दा ठुलो धक्का लाग्यो । वडाले कुनै चासो दिएन । साविक समिति निस्कृय भयो । वडा खुला दिसा मुक्त हुँदा पाएको पुरुस्कार, अभियान चलाउँदा पाएको खाजा खर्च बचाएर विद्यालयलाई दिईएको छ । समितिका उपाध्यक्ष धर्महमालका अनुसार वडाले सफा गराउने सपना तुहाईदियो । लामोसमय सम्म पर्खिदा पनि कुनै चासो नदेखाएपछि अभियन्ता निरास भए । बचेको पैसा खर्च गर्ने उपाए पनि नदिएपछि विद्यालयलाई बुझाउन वाद्य भयो । यसलाई पुर्ण सरसफाइ अभियानबाट पछि हटेको रुपमा बुझ्नुपर्छ ।

पटक पटक छलफल गर्ने प्रयास गर्दापनि वडा अध्यक्ष भरतमणी अर्यालले समय मिलाउन नसकेको सरसफाइ समितिको भनाई छ । अहिले सम्म एउटा बैठक तथा छलफल समेत आयोजना गर्न नचाहेपहि अभियान तुहियो । समितिले घरघरै पुर्ण सरसफाइको स्टिकर टाँसेको थियो, ढोका ढोकामा ४० बुँदे सुधारका कार्यक्रम चिप्काएको थियो । पहिलो पुर्ण सरसफाइ वडा घोषणाको तयारीमा कम्मर कसेर लागेको थियो ।

जनप्रतिनिधि आएपछि समिति स्वतः निष्कृय भयो । अभियानलाई निरन्तता दिन वडा सरकारले आफ्नो जिम्मेवारी ठानेन । पुर्ण सरसफाइमा प्रथम बन्ने सपना देखेको वडा असफलतातिर धकेलियो । घोराही उपमहानगरपालिकाले आव्हान गरेको सुचनामा म सफा छु भन्ने आँटीलो टोल भेटिएन । श्रोतका अनुसार ४१ औँ स्थापना दिवसमा एउटा टोलले पनि दावि गर्न सकेन ।

जनप्रतिनिधिले कुनै जानकारी नगराएका समितिका सदस्यहरुको गुणासो छ । सरसफाइ समितिका कोषाध्यक्ष एवं गुम्वा टोलका अध्यक्ष सुर्य विकका अनुसार निवेदन माग गरेको थाह पाएको भए सफा छ भनेर दावि गरीन्थ्यो । अहिले देखिएको निष्कृयताले अब त्यस क्षेत्र कहिल्यै उभो लाग्दैन भन्ने निराशा फैलाएको छ । वडा सदस्य कृष्णबहादुर घर्तिलाई जिम्मेवारी दिएर अघि बढाएपछि केहि प्रगति गर्नसकिने आशा गरेका छन् । त्यसो पनि हुन सकेको छैन ।

बिचैमा अभियान तुहिँदा आफुलाई लज्जाबोध भएको समितिका अध्यक्ष मिनराज गौतमले जानकारी दिनुभयो । सरकारी सेवा बाट निबृत्त गौतम सामाजिक काममा ईच्छुक देखिनु भएको थिाये । त्यसमा पनि सरसफाइमा गतिलै संग रस पसेको थियो । उहाँका अनुसार आफैले जिताएको वडा समितिबाट कसो सुनुवाई नहोला भन्ने लागेको थियो । यत्रो समय वितिसक्दा पनि व्यवास्था गरेको आफु पछि हट्नु परेको गौतमले जानकारी दिनुभयो । रझेना बाट बजार आउने, चिया खाने र फर्केर घर जाने दिनचर्य शौचालय भित्र पसेर अबस्था हेर्नेमा बदलियएको थियो ।

हर्पिक बुरुष छ छैन, बढार कुडार भयोभैन, फुल फुलेको छ छैन भनेर खोज्न गाउँटोल धाउन अध्यस्त हुनुभएको थियो । निर्वाचन पछि कुनैपनि भुमिका नपाएपछि दिनचर्य बजार फर्किएको छ र सरसफाइ अभियान पुर्ण रुपमा थन्किएको छ । बचेको १७ हजार चिया नास्ताको रकम पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Facebook Comments