• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोलखाडा सदरमुकामको माग सुनाउँदै फर्किए रुकुमपूर्वका बासिन्दा




सदमुकाम विवादले केही दिनदेखि रुकुमपूर्व तनावग्रस्त छ ।

लगातार रुकुमकोट सदरमुकामको पक्षमा बन्द हड्तालसहितको आन्दोलन हुँदै आएकोमा पछिल्लो समय गोलखाडा सदरमुकाम बनाउने पक्षमा घर छाडेरै हजारौं नागरिक आन्दोलनमा निस्केका छन् ।

उनीहरुमध्ये धेरै लगातार पाँच दिन हिडेर रुकुमकोटनजिकको रुकुमगाढसम्म आएर फर्किए ।

आफूहरुले चुनेका प्रतिनिधिले आफूहरुको वास्ता नगरेको भन्दै मत फिर्ताको अभियान चलाएको स्थानीयको भनाइ छ । खाम मगर समुदायको पहिचानका कारण नयाँ जिल्ला बने पनि अहिले आफूहरुलाई बेवास्ता गरिएको सुरेन्द्र पुनले बताउनुभयो ।

आफूहरुको आवाज सरकारले नसुनेपछि लत्ता कपडा र भुटेको मकैको सहारामा आफूहरु आवाज सुनाउन आएको आन्दोलनका अगुवा जीतमान पुन ‘मार्शाल’ले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले आन्दोलनस्थलमा आएर ज्ञापनपत्र बुझ्न नमानेको बताउँदै उहाँले यस्तै स्थिति आए आफ्नो क्षेत्रबाट सबै सरकारी कर्मचारी फिर्ता गरिदिने चेतावनी दिनुभयो ।

Facebook Comments