• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिशाघारीदेखि रुकुमगाढसम्म प्रदर्शनको तयारी




सरकारले गत बर्ष घोषणा गरेको रुकुमपूर्वको सदरमुकाम गोलखाडामा हुनुपर्ने माग गर्दै हिजोदेखि घरघरबाट निस्केका प्रदर्शनकारीहरुले आज भूमे गाउँपालिकाको शिशाघारीदेखि रुकुमगाढ (धौलापहिरा)सम्म प्रदर्शनको तयारी थालेका छन् ।

प्रदर्शनका लागि हिजो नै घर छाडेका झण्डै पाँच हजार रुकुमपूर्वका बासिन्दा शिशाघारीमा जम्मा हुने क्रम शुरु भएको छ ।

शिशाघारीमा प्लेकार्ड बनाउनेलगायतका तयारी भइरहेको छ ।

आन्दोलनकारीहरु गए राति केही राङ्सीमा, केही झुम्लावाङमा र केही शिशाघारीमा बसेका थिए ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले रुकुमकोटदेखि रुकुमगाढसम्म निषेधाज्ञा लगाएकाले त्यहाँसम्म मात्रै प्रदर्शन गर्ने तयारी छ ।

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीलाई धौलापहिरामै बोलाइएको आन्दोलनका अगुवा जीतमान पुन ‘मार्शल’ले जानकारी दिनुभयो ।

आन्दोलनको नेतृत्व पुन र पुनीराज घर्तीले गरिरहनुभएको छ ।

निषेधाज्ञामा झनै कडाइ

रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई झनै कडाई गरेको छ भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी बाक्लो मात्रामा परिचालित भएका छन् ।

यस अघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ । अझै ६० जनाको सुरक्षाकर्मी बुटवलमा तयारी अवस्थामा रहेको बताइएको छ । सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ ।

Facebook Comments