• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन, संयमित हुनुहोस्ः सांसदहरु




जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गत निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन थालिएको छ ।

पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान थालिएको स्थानीय अगुवाहरुले बताएका छन् ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रबाट प्रदेश सांसद तेजबहादुर ओली ‘प्रतीक’ हुनुहुन्छ । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

यसैबीच सांसदहरुले भने आफूहरुले मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै संयमित बन्न आन्दोलनकारीलाई अनुरोध गर्नुभएको छ ।

‘यसअघि नै कांग्रेस सरकारले सरमुकामबारे विवादित निर्णय गरेपछि समस्या आएको हो तर यो मुद्दा अहिले अदालतमा रहेकाले अहिलेको सरकारले पनि केही गर्नसक्ने अवस्था छैन’– प्रतिनिधिसभा सदस्य कमला रोकाले भन्नुभयो– ‘हामी निरन्तर सहमतिका लागि लागिरहेका छौं, हामी कुनै एक ठाउँको पक्षमा बोलेर स्थिति उत्तेजित बनाउनेतिर भन्दा पनि सहमतिकै लागि प्रयास गरिरहेका छौं ।’

त्यस्तै प्रदेशसभा सदस्य तेजबहादुर ओलीले पनि सहमतिका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

‘हामी निरन्तर सम्पर्कमा छौं र सहमतिका लागि प्रयासरत छौं’– उहाँले भन्नुभयो– ‘सके त सहमति गरेर अदालतको मुद्दा नै फिर्ता लिने स्थिति बनाऔं भन्नेतिर लागेका छौं तर संभव भएको छैन, अहिलेको अवस्थामा अदालतको आदेश पर्खने र दुबै पक्षका स्थानीयवासीले शान्तिपूर्णरुपमा आ–आफ्नो ठाउँमा रहेर आफ्नो मत प्रकट गर्नुको विकल्प छैन, हामी निरन्तर स्थानीय पार्टी र सरकारका प्रतिनिधिहरुसँग सम्पर्कमा छौं, हामी सहमति र निकासको पक्षमा छौं ।’

क्याप्सनः हस्ताक्षर संकलनका लागि गोलखाडामा राखिएको सेतो कपडा

Facebook Comments