• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोलखाडाको सभा सकियो, जुलुस रुकुमकोटतर्फ प्रस्थान




रुकुमपूर्वको सदरमुकाम गोलखाडा बनाउने अघिल्लो सरकारको निर्णय कार्यान्वायन गर्न माग गर्दै रुकुमपूर्वको गोलखाडा पक्षधर स्थानीय बासिन्दाले गोलखाडामा सभा गरेका छन् ।

उनीहरु सरकारी निर्णय कार्यान्वायनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउन भन्दै रुकुमकोटर्फ प्रस्थान गरेका छन् । झण्डै ६ हजारको संख्यामा रहेका स्थानीयवासी नाराजुलुसहित रुकुमकोटतर्फ प्रस्थान गरेका छन् ।

जनमास प्रदर्शनसहित रुकुमगाडसम्म पुग्ने र प्रतिनिधिहरु जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाउने गरी तयारी गरिएको स्थानीय अगुवा पुनीराज घर्तीले जानकारी दिनुभयो ।

गोलखाडाको सभालाई जीतमान पुन मार्शल र पुनीराज घर्तीले सम्वोधन गर्नुभएको थियो ।

जनमास झुम्लावाङ–खावाङहुँदै रुकुमकोटतर्फ जाने रुट तय गरिएको छ ।

आज संभवतः बढीमा खावाङ र नकसे झुम्लावाङसम्म पुग्ने गरी ब्यवस्था मिलाइएको छ । यति ठूलो संख्यामा जनमास जाडोको बेलामा रातमा खान बस्न समस्या हुने देखिएको छ ।

Facebook Comments