• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोलखाडा सदरमुकाम कायम गर्न माग गर्दै प्रदर्शन शुरु




रुकुमपूर्वको सदरमुकाम गोलखाडा बनाउने अघिल्लो सरकारको निर्णय कार्यान्वायन गर्न माग गर्दै रुकुमपूर्वको गोलखाडा पक्षधर बासिन्दाले प्रदर्शन शुरु गरेका छन् ।

पुथाउत्तरगंगा गाउँपालिकाको घरघरबाट गएका स्थानीयवासीले केहीबेरअघि देखि गोलखाडामा प्रदर्शन शुरु गरेका हुन् ।

रदर्शनमा पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै वडाबाट सहभागिता रहेको छ । त्यस्तै भूमे गाउँपालिका तीन वटाबाट पनि आंशिक उपस्थिति देखिएको छ ।

तीन स्थानीय तह रहेको रुकुमपूर्वमा ३१ वडा रहेका छन् । सिस्ने गाउँपालिकाका पूरै र भूमे गाउँपालिकाका अधिकांश वडाबासी रुकुमकोट सदरमुकामको पक्षमा देखिन्छन् भने पुथाउत्तरगंगा गाउँपालिकाका पूरै र भूमेका तीन वडाका केही बासिन्दा गोलखाडाको पक्षमा देखिएका छन् ।

आन्दोलनकारी गोलखाडाबाट काँक्रीहुँदै रुकुमगाढ खोलासम्म पुग्ने तयारीमा जुटेका छन् । प्रशासनले कफ्र्यू लगाएको ठाउँनजिकसम्म पुग्ने गरी प्रदर्शनको तयारी थालिएको अगुवाहरुले बताएका छन् ।

सदरमुकाम विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । माघ २७ गते पेशी तोकेकाले दुबै पक्षले शक्ति प्रदर्शन गर्न शुरु गरेका छन् ।

यसअघि रुकुमकोट पक्षधरले रुकुममा बन्द हड्तालसहितको आन्दोलन घोषणा गरेपछि गोलखाडापक्षर पनि प्रदर्शनमा उत्रिएका छन् ।

Facebook Comments