• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्गानिक खेतीका लागि विरुवा उत्पादन र भकारो सुधार शुरु




घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउँ गरिने अर्गानिक खेतीका लागि तयारी थालिएको छ ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा शुरु भएको अर्गानिक पकेट क्षेत्र निर्माणमा कार्यक्रमअन्तर्गत बीउ उत्पादन शुरु गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको सहयोगमा यी दुइ वडामा अर्गानिक खेती शुरु हुँदैछ ।

त्यसका लागि स्थानीय किसान उपेन्द्रबहादुर शाहीलाई अकबरे खुर्सानी र टमाटरको वीउ उपलब्ध गराइएको छ । साथमा पानीको ड्रम पनि उपलब्ध गराइएको छ ।

त्यस्तै स्थानीय ३० घर परिवार किसानलाई प्रतिघर सात हजारका दरले भकारो सुधार गर्न २ लाख १० हजार रकम उपलब्ध गराइएको पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

हरेक परिवारलाई पाँच सय इँटा उपलब्ध गराइएको छ ।

भकारो सुधारपछि कम्पोष्ट मल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments