• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोलखाडापक्षधरको बिरोध सभा गोलखाडामै हुने




लामो प्रयासपछि रुकुमपूर्वका गोलखाडा पक्षधरको बिरोधसभा गोलखाडामै हुने भएको छ । सरकारले रुकुमपूर्वको सदरमुकाम कोलको गोलखाडामा तोकेपछि एक बर्षदेखि विवाद हुँदै आएको छ ।

रुकुमकोटमा सदरमुकाम हुनुपर्छ भन्दै त्यस क्षेत्रका बासिन्दाले हड्तालसहितको आन्दोलन गर्दै आएका छन् भने गोलखाडा सदरमुकामको निर्णय लागु गराउन माग गर्दै भोलि रुकुमकोटमा प्रदर्शन गर्ने तयारी भएपछि झडपको संभावना बढेको थियो ।

अब गोलखाडा पक्षधहरुले गोलखाडामै बिरोधसभा गर्ने निर्णय गरेपछि स्थिति शान्तिपूर्णरुपमा अघि बढ्ने देखिएको छ ।

लामो प्रयासपछि गोलखाडा पक्षधरले गोलखाडामै बिरोध गर्ने सहमति जनाएको प्रदेशसभा सदस्य तेजबहादुर ओली ‘प्रतीक’ले जानकारी दिनुभयो ।

बिरोध प्रदर्शन आ–आफ्नै ठाउँमा गर्ने र निकासका लागि सहमतिको संभावना देखिए संयुक्त छलफल गर्ने गरी समझदारी बनेको उहाँले बताउनुभयो ।

तस्विरः मेगराज खड्का

Facebook Comments