• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटमा कर्फ्यू जारी




रुकुम पूर्वको सदरमुकाम विवादले चर्को रुप लिदै गएपछि रुकुमकोटमा कफ्र्यू लगाईएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आईतबार बेलुकी ७ वजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गरेको हो ।

तत्कालिन सरकारको रुकुमकोटबाट सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सार्ने निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडा पक्षधरले भोली २२ गते रुकुमकोटमा र्याली निकाल्ने तयारी गरेपछि हिंसा भड्किने भन्दै प्रशासनले चार किल्ला तोकेर कफ्र्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

दुई पक्षका विचमा शनिवार र आईतबार भएको छलफल बिना निष्कर्ष टुंगिएपछि घटनाक्रम थप बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा (६ को उपदफा (३ अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको उहाँको भनाई छ ।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पानीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कफ्र्यू आदेश जारी गरेको हो ।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो

Facebook Comments