• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सकियो प्रदेशस्तरीय पोल्ट्री महोत्सव




दाङको घोराहीमा जारी ५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी २०७५ सम्पन्न भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी घोराही दाङको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गतेदेखि शुरु भएको ५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्रि महोत्सव तथा प्रदर्शनी २०७५ आईतबार घोराहीमा सम्पन्न भएको हो ।

सुरक्षित कुखृुरा तथा दाना व्यवसायी संघका अध्यक्ष निम बहादुर बुढाथोकीको अध्यक्षता तथा ५ नं. प्रदेशसभाका सदस्य अम्मर बहादुर डांगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ५ नं. प्रदेशसभाका सदस्य अम्मर बहादुर डांगीले स्थानीय उत्पादन संग नजोडेर सञ्चालन हुने महोत्सवको कुनै अर्थ नहुने बताए । ‘कृषि बाट नेपाली युवाहरु विदेश पलाएन भएका छैनन्’ उनले भने‘ किसानले कृषि प्रणालीलाई परिर्वतन गर्दै कृषिलाई आधुनिकरण र व्यवसायीकरण गर्न खोजेका छन् ।’

कृषकहरुका के कस्ता समस्याहरु छन् ती समस्याहरु एकिकृत गरि राज्यलाई दबाब दिनका लागि सम्पूर्ण फर्मलाई अनुरोध गर्दै समस्याका समाधानका लागि आफू अग्रसर भएर अगाडि बढ्ने उनको भनाई थियो । दाङलाई राजधानी भन्दा पनि दाङमा राजधानी हुनका लागि कस्ता खालका भौतिक संरचना, सुरक्षा निकाय, हावापानी, उत्पादनको क्षेत्र, भौगोलिक बनावट जस्ताका विषयको बारेमा तीव्र प्रचारप्रसारमा जोडदिनु पर्ने समेत उनको भनाई रहेको थियो ।

आयोजक समितिले कार्यक्रममा विद्यालयस्तरिय प्रतियोगितामा भाग लिई प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई सम्मान गरेको हो । जसमा प्रथम हुनेमा लिटिल एञ्जल स्कूल, द्धितीय हुनेमा पद्म्मोदय पब्लिक नमूना माध्यामिक विद्यालय र तृतीय हुनेमा भ्यालीटप बोर्डिङ स्कूल सम्मानित भएका हुन. ।

संस्थापक अध्यक्ष टंकेश्वरी केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषाल, घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डांगी, ५ नं. प्रदेशस्तरिय पोल्ट्री व्यवसायी मञ्च अध्यक्ष दिपक आचार्य, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल उद्योग वाणिज्य तथा दाङ जिल्ला खेलकुद विकासका अध्यक्ष डिल्ली डांगी लगताएले स्थानीय उत्पादनलाई जोड दिदै आयतीय भन्दा निर्यातितमा विशेष जोडदिनुपर्ने बताए ।

साथै कृषि उत्पादकत्वलाई बढाउँदै अण्डा, माछामासुमा आत्म निर्भर बनाउँनु पर्ने उनीहरुको भनाई थियो ।
महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव चन्दन भण्डारीले गरेका हुन् ।

Facebook Comments