रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे एक बिद्यालयमा गुनासाे पेटीका स्थापना गरिएको छ ।
अाधारभुत बिद्यालय मानाकाेटमा गुनासाे पेटीका स्थापना गरिएको हाे । सेवाग्राही तथा अभिभावककाे गुणासाे बिद्यालय प्रशासनसम्म सजिलै पुर्याउनकाे लागि गुणासाे पेटिका स्थापना गरिएको हाे ।
जनप्रतिनिधि , बिद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनकाे राेहबरमा गुणासाे पेटिका स्थापना गरिएको हाे । गुणासाे पेटीकामा संकलन भएका गुणासाेलाई प्रत्येक महिनाकाे २५ गते खाेल्छाैँ बिद्यालय सहजकर्ता निराजन केसीले भने गुनासो समस्या समाधानको लागि सबै पक्षसँग छलफल गरेर सामाधान गर्छाैं । उनले भने अभिभावकले बिद्यालय सम्बन्धिका गुनासो मात्रै गर्थे सम्बन्धित निकायसम्म पुग्दैन्थ्याे अब भने त्यस्तो समस्या हुने छैन् ।
बिद्यालय सहजकर्ता केसीले भने अभिभावकले गुणासाे पेटिकामा गुनासो राखेपछि सम्बन्धित निकायमा गुनासो समाधानको लागि पहल गरिनेछ । गुनासो पेटिका स्थापना पश्चात् बिद्यालय सम्बन्धिका गुनासो गर्न सजिलो हुने विश्वास लिइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।