• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुखाइको औषधि कम गर्ने ब्रुफेनका जन्मदाताको निधन




दुखाइका औषधिहरुमध्ये सबैभन्दा अग्रणी औषधिको नाम हो– आइबुब्रोफेन । यो औषधि आजको विश्वमा दुखाइ निको पार्न सर्वाधिक विक्री हुने औषिधिमा गनिन्छ ।

हो यही औषधिको जन्मदाता, बेलायती वैज्ञानिक डाक्टर स्टेवार्ट एडम्सको गत ३० जनवरीमा निधन भएको छ । विज्ञान जगत्मा योगदान पुर्याएवापत बेलायत सरकारद्वारा अर्डर अफ द व्रिटिश एम्पायर ९इचमभच या तजभ द्यचष्तष्कज भ्mउष्चभ० पदवीबाट विभुषित यी वैज्ञानिकको ९५ वर्षको उमेरमा बेलायतको नटिङघमस्थित क्विन्स मेडिकल सेन्टरमा निधन भएको हो ।

सन् ६० को दशकमा उनी वैज्ञानिक प्रवचन दिने गर्थे । त्यहीताका उनी साथीभाइसँग अबरेसम्म बाहिर बस्दा उनको टाउको दुख्ने गथ्र्यो । सोही टाउको दुखाइको उपचार खोज्ने क्रममा उनले आइबुब्रोफिन पत्ता लगाएका थिए ।

बेलायतको नर्थह्याम्पटनसायरको बायफिल्डमा १९२३ मा जन्मेका एडम्सले १६–१७ वर्षको कलिलो उमेरमै स्कुल परित्याग गरेर क्याम्ब्रिजसायरका एक केमिस्टकोमा फार्मेसीको तालिम थालेका थिए । पछि उनी नटिङघम विश्वविद्यालयमा फार्मेसीको अध्ययन गरे । त्यहाँ उनले फार्मेसीमा स्नातोकोत्तर गरे भने लिड्स विश्वविद्यालयबाट विद्यावारिधि । त्यसपछि उनी बुट्स प्युर ड्रग कम्पनीको अनुसन्धान विभागमा सन् १९५२ देखि जागिर खान थाले ।

आफ्नो क्यारियरको अवधिभरि नै बुट्स कम्पनीमा आबद्ध रहेर उनले फर्मास्यूटिकल साइन्सका प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसो त उनका गृहनगरका मानिसहरु डा। एडम्सलाई विख्यात वैज्ञानिकका रुपमा मात्रै हैन, एक अत्यन्तै भद्र, भलाद्मी र असल व्यक्तिका रुपमा समेत सम्झने गर्छन् ।

Facebook Comments