• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पानीको मुहान बचाउनतिर लाग्न सभामुखको आग्रह




सभामुख कृष्णबहादुर महराले सामाजिक संस्थामा काम गर्नेले जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराहीको १९आँै साधारणसभा एवं सातौँ अधिवेशन समारोहको उद्घाटन गर्दै उहाँले राजनीतिक पूर्वाग्रही भएर सामाजिक सङ्घसंस्थामा नलाग्न सम्बन्धीत सबैमा आग्रह गर्नुभयो ।

सभामुख महराले कुनै पनि राजनीतिक तुष नराखेर निस्वार्थ भई काम गर्दा समाजमा सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै पछिल्लो समय राजनीतिक गर्न कै लागि सामाजिक सङ्घसंस्थामा बस्ने परिपाटी बस्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

खानेपानीका स्रोत खोजेर उपभोक्तासम्म पानी पु¥याउनका लागि उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख महराले भन्नुभयो, “खानेपानीको व्यवस्थापनमा सरकारले निकै चासो दिइरहेको छ, सहलगानी मार्फत खानेपानी योजना सम्पन्न गर्नका लागि राज्य सधै तत्पर देखिएको छ ।”

जनतालाई खानेपानी व्यवस्थापन सँगसँगै वृक्षारोपण, वनजङ्गल संरक्षणमा पनि ध्यान दिन आग्रह गर्दै उहाँले मुहान खोजेर मात्र हुँदैन, अब मुहान बचाउनतर्फ पनि लाग्नुपर्छ भन्दै उहाँले गिट्टी, बालुवा, ढुङ्गा र चुन ढुङ्गाको अनियन्त्रित उत्खननका कारण पानीको मुहान सुक्न थालेकाले यसतर्फ सबै गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद अर्जुन श्रेष्ठले पछिल्लो समय खानेपानी व्यवस्थापनमा समस्या देखिएको भन्दै त्यसमा ध्यान दिन समितिलाई आग्रह गर्नुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डागीले खानेपानी संस्था सबैको साझा हो, यसमा सबै मिलेर जानुपर्छ भन्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराहीका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

Facebook Comments