• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गिद्धको बासैमुनि गिद्ध सचेतना




प्रकृतिको निशुल्क कूचीकार गिद्धको आश्रयका लागि ठूला रुख चाहिने भए पनि पछिल्लो समयमा ठूला रुख ढाल्ने र रुखका बोक्रा निकालेर रुख सुकाउन थालिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । दाङमा सबैभन्दा धेरै गिद्धका गुँड रहेका लमही नगरपालिका ७ कप्तागञ्जमै सचेतना कार्यक्रम गरी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल पंक्षी संरक्षण संघको सहयोगमा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको आयोजनामा विश्व सिमसार दिवसको अवसरमा आयोजित गिद्ध संरक्षण सचेतना कार्यक्रममा सहभागीहरुले गिद्धको आश्रयस्थल जोगाउनतिर लाग्नुपर्नेमा जोड दिए ।

उचानिम्बु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद मज्गैयाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सवडिभिजन वन कार्यालय लमहीका प्रमुख छोटेलाल चौधरीले मानिसका लागि नभइ नहुने प्रकृति मानिसले नै सकेको भन्दै सबै नागरिक निजी स्वार्थबाट माथि उठ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका सुमन घिमिरे, पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावत, नेपाल पंक्षी संरक्षण संघका इश्वरी चौधरी, वडा सदस्य सुकमाली बिक, कर्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष किशोरकुमार घर्ती, पशु बृद्धाश्रम लालमटियाका संयोजक आत्माराम पोख्रेल, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी र राप्ती माविका प्रअ पदमप्रसाद योगी, स्थानीय वन हेरालु गिरिराज पुरीले बोल्नुभएको थियो ।

इको क्लबका अध्यक्ष कृति रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र लामिछानेले गर्नुभएको थियो ।

Facebook Comments