• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘कालो दिन’मा राजमोको बिरोध सभा




राष्ट्रिय जनमोर्चा दाङ देउखुरी द्वारा माघ १९ राजाले साही घोषणा गरेको कालो दिनको बिरोधमा आयोजित संघीयता , राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्स गरौ ! महङ्गी , भ्रष्टाचार , हत्या, हिंसा र बलात्कारको अन्त्य गरौ भन्ने मुल नाराका साथ भएको बिरोध सभामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिए ।

उक्त सभालाइ सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठो का केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले संघीयताकै कारण देशमा भ्रष्टाचार र अनियमितता बढेको, कर वृद्धि भएको र महङगी बढेको बताए । उनले अगाडि बढ्दै भने अहिले को सरकार ले जनताको कुनै काम नगरेको र यो जनताको सरकार पनि हुन नसकेको बताए । यसैगरी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष गणेश आचार्य ले कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियोे ।

यसैगरी सभामा तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी , अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य पुर्णिामा आचार्य राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कपिलदेब खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला अध्यक्ष हरि थापा लगायत ले मन्तब्य राख्नु भएको थियोे ।

पदम गोराथोकी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा रक्तिम सास्कृती अभियानका महासचिव नारायण योगि अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य प्रेम नारायण आचार्य अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भानु जि यम अखिल नेपाल बुद्धिजीवी संघ का केन्द्रिय सल्लाहकार कृष्ण गिरी लगायतको आथित्यता रहेको थियोे ।

जिल्ला सदस्य ठाकुर आचार्य को अध्यक्षतामा भएको कार्यक्रम को संचालन रामकृष्ण आचार्य ले गर्नु भएको थियोे ।

Facebook Comments