• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनवादी मेलामा सहिद परिवारलाई सम्मान गरिने




रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ नम्वर वडाले सहिद परिवारलाई सम्मान गर्ने भएको छ ।

आगामी फागुन १ गते स्थानीय जनवादी मेलाको अवसर पारेर राज्य तथा विद्रोही पक्षबाट मारिएकाहरुका आफन्तलाई सम्मान गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

२०५८ सालदेखि सुरु भएको उक्त मेलााको अवसर पारेर विगत सशस्त्र द्धन्दको क्रममा दुवै पक्षबाट सहिद बनेकाहरुका आफन्तलाई सम्मान गर्ने निर्णय भएको वडा अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिकाका ८५ जना सहिद परिवारलाई सम्मान गर्ने तयारी गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

सोही मेलाको अवसरमा विभिन्न खेलकुद प्रतिगिता पनि आयोजना गरिएको छ । वडा खेलकुद विकास समितिले सञ्चालन गर्ने गरी महिला÷पुरुष दौड, सटफुट, रस्साकस्सी र घैंटाफोर खेल आयोजना गरिएको जनाइएको छ । ४ हजार मिटर दौड प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवैतर्फका प्रथमलाई २, हजार, दोस्रोलाई एक हजार ५ सय र तेस्रो हुनेलाई १ हजार पुरस्कार दिइने छ ।

यसैगरी सटफुटतर्फ प्रथमलाई एक हजार, दोस्रोलाई सात सय र तेस्रो हुनेलाई ५ सय पुरस्कार दिइने वडा खेलकुद विकास समितिका अध्यक्ष सुमन बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँ अनुसार महिला पुरुष रस्साकस्सीमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पनि एक हजार, सात सय र ५ सय पुरस्कार दिइने छ । घैंटाफोर जित्नेले ५ सय नगद पुरस्कार पाउने छ ।

हरेक बर्ष फागुन १ लाग्ने मेलालाई यो बर्ष विशेष बनाउन लागिएको वडा सदस्य कर्णबहादुर खत्रीले बताउनुभयो । मेलामा स्थानीय सिगारु, मयुर र पैसेरु नाच पनि प्रदर्शन गरिने छ ।

Facebook Comments