• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा महोत्सव शुरु, मैले रोल्पा बिर्सेको छैनः महरा




जनयुद्धको उदगम थलो रोल्पाको विकासका लागि प्रतिनिधिसभाको बैठक समेत रोकेर रोल्पामा आईपुगेको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बताउनुभएको छ । उहाँले भन्नुभयो ‘मैले रोल्पाली जनताको मायाँ पाएको छु । त्यसैले रोल्पालाई बिर्सेको छैन् ।’

कृषि उद्योग व्यापार संस्कृति र पर्यटनको विस्तार दीगो विकास समृद्धिको आधार भन्ने मूल नाराका साथ रोल्पामा आयोजित साताब्यापी दोश्रो रोल्पा महोत्सवको उद्घाटन का लागि प्रमुख अतिथिको आसनबाट बोल्दै सभामुख महराले समृद्धिका निम्ती संघीयसभाबाट आफुहरुले निकै मेहनत गरीरहेपनि स्थानियस्तरमा रहेका सबै जनताले त्यसलाई सही ढंगले बुझेपछि मात्रै समृद्धिले पाईला टेक्ने उहाँले उदघोष गर्नुृभयो ।

रोल्पा संस्कृतिमा धनी भएतापनि यसलाई समृद्धितर्फ बढाउन र जोगाउन अझैं नसकिरहेको बताउँदै स्थानिय तहले अब यस बिषयमा सोंच्नुपर्ने बेला आएको बताउनुभयो । राज्य ठीक ढंगले अघि बढीरहेको तर्क गर्दै यसको सही ल्याण्डीङका लागि आत्मविश्वास र आफनो उत्पादनलाई सम्मान गर्न रोल्पालीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो । स्थानिय तहले वस्तु आयात मात्रै नभई निर्यातका लागि कृषिजन्य उत्पादनतर्फ अग्रसर हुन प्रेरित गर्नुभयो ।

उहाँले भन्नुभयो ‘समृद्धि खोजी बाहिर भौतारीनु भन्दा आफुमा खोजौं । ’ उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारालाई साकार बनाउनु पर्ने बताउनुभयो । उहाँले रानजीतिक क्रान्ति सम्पन्न भइसकेको बताउँदै यसलाई आर्थिक प्रगतिको बाटोमा अगाडि लग्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनमगरले लामो समय राजनितिक क्रान्ति गरीसकेको बताउँदै अब आर्थिक क्रान्तितर्फ उन्मुख हुन सबैलाई आग्रह गर्नुभयो । बिशिष्ट अतिथिको आसनबाट बोल्दै मन्त्री पुनले उक्त कुरामा जोड दिनुभएको हो ।

प्रनिनिधि सभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समितिका संयोजक जयपुरी घर्तीमगरले रोल्पा जिल्लाको राजनीतक केन्द्रमात्रै भएर आवश्यकता पुरा नहुने बताउँदै शिक्षा, स्वास्थ्यमा राज्यले पूरै जिम्मेवारी लिने बताउनुभयो । दोश्रो बृहत रोल्पा महोत्सवको उदघाटनका लागि प्रतिनिधिसभाका सदस्य ओनसरी घर्तीको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा संघीय सांसद योगेश भट्टराई, राष्ट्रिय सभा सदस्य राज कुमार कँवर, जिल्ला समन्वय समितीका प्रमुख राजबहादुर वुढा, नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्री , राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष अम्मरबहादुर थापा, राप्रपाका जिल्ला अध्यक्ष गिरबहादुर महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट, मंगल नेश्नल अर्गजानइजेशनका केन्द्रिय सदस्य लालमन घर्ती लगाएतले बोल्नुभएको थियो ।

रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले गर्नुभएको हो । कार्यक्रमको स्वागत सहित रोल्पाको भौगोलिक, कृषि, पर्यटनको अवस्थाका बारेमा निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले भनाई राख्नुभएको थियो । कार्यक्रममा स्वागत भइरहँदा हेलिकप्टरबाट पुष्पबृष्टि समेत भएको थियो ।

Facebook Comments