• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सदरमुकाम विवादमा छुट्टाछुट्टै आन्दोलन, माघ २७ गते सर्वोच्चमा पेशी




रुकुमपूर्वको सदरमुकामको विवाद विचाराधिन भएको बेला विवाद फेरि बढ्ने देखिएको छ ।

रुकुमकोट सदरमुकामको पक्षमा फेरि आन्दोलन थालिएको छ भनगोलखाडावासीहरुले पनि सरकारको निर्णय कार्यान्वायनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । रुकुमकोटमा नै रुकुमपूर्वको स्थायी सदरमुकाम माग राख्दै आन्दोलनरत स्थानीयको पक्षमा यहाँका यातायात व्यवसायी र ब्यापार व्यवसायीहरुले बन्द गरेका हुन् ।

यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाका अनुसार, बन्दसँगै आन्दोलनका अन्य कार्यक्रम समेत गरिने छ । विहानै देखि यातायातका साधनहरु ठप्प पारिए पछि रुकुमकोट भित्रिने र बाहीरीने यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ ।

सदरमुकामको विषयलाइ लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरीकहरु विगत एक वर्षदेखि आन्दोलित छन् । उनीहरुले सरकारले गरेको रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तर गङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् ।

देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइगर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केहि शान्त भए पनि यहि १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ । रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाइ पटक पटक पेशि र साधारण तरीकाले बोलाए पनि अहिले सम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाइ सर्वोच्चले आगामी २७ गते बोलाएको छ ।

गत सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोकहरु तथा सीमानामा जुलुस, सरकारी कार्यालयहरु माधर्ना, कोणसभा, मोटर साईकल जुलुस, मसान जुलुस लगाएतका कार्यक्रमहरु हुदै आएका छन् । भौगोलीक दुरीलाइ मात्र नहेरी पूर्वाधार र जनसख्यालाई समेत ध्यानमा राखी सदरमुकामतोक्न स्थानियले आग्रहगर्दै आएकाछन् ।

साविक जिल्ला रुकुमको सदरमुकाम समेत यहाँ बाट खोसीएको हँुदा आफुहरुलाई पटकपटक अन्याय नगर्न उनिहरुको माग छ । सदरमुकामको लागि आवश्यक संरचना रुकुमकोटमा बनि सकेको र विगत साढे एक वर्षदेखि यहि काम भइरहेका कारणयहाँबाट अन्यत्र सदरमुकाम सार्न नमिल्ने स्थानिय मनबहादुर विसीले बताउनुभयो ।

यसैबीच गोलखाडाबासीहरु भने सरकारले गरेको निर्णय छिटो कार्यान्वयन हुनुपर्ने माग गरिरहेका छन् । शुक्रबार रुकुमपश्चिमको सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाटकार्यक्रमको आयोजना गरी उनीहरुले यस्तो माग गरेका हुन । रुकुमपूर्व सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समितिगठन गरी शान्तिपूर्ण तरिकाले सरकारको निर्णयको पक्षमाआन्दोलन गरिने उनीहरुले बताएकाछन् ।

उक्त समितिका संयोजक केशरमान रोकाले माघ २२ गते रुकुमकोटमागएर गोलखाडाको पक्षमा शान्तिपूर्ण आन्दोलन गरिने योजना रहेको बताउनुभयो ।

क्याप्सनः माथिको तस्विर रुकुमकोटमा निकालिएको मसाल जुलुस
तलको तस्विर गोलखाडाको पक्षमा आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलन

Facebook Comments