• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविको १५ औं बार्षिकोत्सव, ‘यातनामुक्त शिक्षा’को प्रतिबद्धता




ज्ञानसिन्धु मावि घोराहीले १५ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा विद्यालयले शैक्षिक गुणस्तर बढाउने घोषणा गर्दै विद्यार्थीलाई रटाउने र ठटाउने होइन, फकाएर पढाउने विद्यालयको नीति रहेको जानकारी गराउँदै ‘यातनामुक्त शिक्षा’का लागि थप प्रतिबद्धता जनाएको छ ।

बार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले शैक्षिक रुपान्तरणको अगुवाइ शैक्षिक संस्थाहरुले नै गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ञानसिन्धुका विद्यार्थीले देखाएको प्रतिभाको प्रशंसा गर्दै शैक्षिक संस्थाहरुले नाचगान, खेल आदि बहुविधाबाट शिक्षा दिनु राम्रो भएको बताउनुभयो ।

बिशिष्ठ अतिथि बरिष्ठ साहित्यकार गिरिराज शर्माले ज्ञानसिन्धुमा ‘यातनामुक्त शिक्षा’को अभ्यास भइरहेको सुन्दा खुशी लागेको भन्दै उहाँले नियमित स्मारिका प्रकाशन गरेर विद्यार्थीका प्रतिभा थप उजागर गर्न सुझाव दिनुभयो । अर्का बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले परम्परागत शिक्षा प्रणालीले देशले चाहेको जस्तो जनशक्ति उत्पादन असंभव भन्दै ज्ञानसिन्धुले प्रविधिसँग जोड्ने गरी अघि सारेको शैक्षिक कार्यक्रम सान्दर्भिक भएको बताउनुभयो ।

विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीले १ सय ३० जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा अहिले ७ सय विद्यार्थी रहेको जानकारी दिंदै अभिभावकको विश्वासमा घात हुन नदिने बताउनुभयो । अहिले शिक्षण सिकाइ प्रभावकारी बनाउन मल्टिमिडिया, कर्नर लाइब्रेरी, स्मार्ट बोर्डलगायतको प्रयोग भइरहेको जानकारी दिंदै उहाँले आगामी दिनमा मल्टिप्रपोज हल बनाउने योजना सुनाउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंक शर्माको अध्यक्षताम भएको कार्यक्रममा शिक्षक एवं अभिभावक अम्बिकाप्रसाद डाँगी, मेचीकालीका शिक्षक नवराज खत्री, कक्षा ९ की छात्रा अञ्जु अधिकारी, कक्षा ७ की छात्रा जुनु शर्मालगायतले बोल्नुभएको थियो ।

प्लस टू संयोजक तिलक अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षकद्वय केशर रावत र चन्द्रा खनालले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै बार्षिकोत्सवको अवसरमा आयोजित खेलकूद कार्यक्रमका विजयी विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

Facebook Comments