• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारी महोत्सवमा महानायकदेखि जन गायकसम्म आउने




रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा उद्योग वाणिज्य संघ चाैरजहारीकाे अायाेजनामा यही फागुन ७ गतेदेखि १७ गतेसम्म साँस्कृतिक महाेत्सव सञ्चालन हुने भएको छ ।

कृषि , पर्यटन , कला र ब्यापार विकासको लागि महाेत्सवकाे अायाेजना गरिएको हाे । १० दिनसम्म सञ्चालन हुने महाेत्सवमा महा नायक राजेश हमाल देखि जन गायक जीवन शर्माको प्रस्तुत रहने बताइएको छ ।

महाेत्सव प्रचारप्रसार समिति संयाेजक यदु अाचार्यका अनुसार कलाकारहरु बिराज भट्ट , सुस्मा अधिकारी , हेमन्त राई , प्रकाश सपूत , मेलिना राई लगायत राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुत रहने छ । उनका अनुसार महाेत्सवकाे अवधिभर भेरी नदिमा र्‍याफि्टङकाे ब्यवस्था मिलाइने छ भने कृषि , पर्यटन र ब्यापारीक स्टलहरु पनि राखिनेछ ।

महाेत्सवबाट नगरपालिका भित्रका पर्यटकिय स्थलहरुकाे विकास गरिनेछ संयाेजक अाचार्यले भने लाेक संस्कृति झल्कने किसिमको सिँगारु , पैसेरु जस्ता नाच पनि प्रस्तुत गरिनेछ । त्यस्तै चाैरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले भने महाेत्सवबाट संकलन भएको रकमबाट उद्योग वाणिज्य संघकाे भवन निर्माणसँगै भ्याली भित्र सार्वजनिक शाैचालय निर्माण गरिनेछ ।

यसअघि नगरपालिकाले पहिलो नगर सभाबाट नै बजार क्षेत्रमा सार्वजनिक शाैचालय निर्माण गर्ने भनेपनि अहिलेसम्म निर्माण गर्न सकेको छैन् ।

Facebook Comments