• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिम्ता गाउँपालिकाको आर्थिक सहयोगमा ल्याव सेवा सञ्चालन




सुर्खेतको सिम्ता गाउँपालिकामा ल्याव सेवा सञ्चालनमा ल्याएको छ । ल्याव सेवा सञ्चालनमा आए पछि सिम्तावासिहरु महेलकुना सुर्खेत र नेपालगन्ज जाने बाध्यता हटेको छ।
जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सामाजिक विकास कार्यक्रम भित्र रहेर सिम्ताको केन्द्र स्वास्थ्य चौकि राकममा कार्यक्रमबीच ल्याब सेवा उद्घाटन गरिएको छ।

ल्याव सेवा उद्घाटनमा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि र उपाध्यक्ष चन्द्र्कला शाहि लगाएतका नागरिकको रगत परिक्षण गरि सेवा उद्घाटन गरिएको थियो। गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर सामान्य रगत परिक्षण गर्नको लागि मेहेलकुना सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता लाई रोक्नको लागि पालिकामा सेवा शुरूवात गरेको वताएको छ। ल्याव सेवासङै अब सबै नागरिकले आफ्नै घरदैलोमा स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाको नीति रहेको छ ।

यो संगै स्वास्थ्य चौकीको पहुँच नभएको बस्तीलाई सेवा दिने उदेश्यले र नेपाल सरकार स्वास्थ्य चौकि बाट निशुल्क प्रदान गरिने ३५ प्रकारका औषधि सबै नागरिक तह सम्म पुर्‍याउने उदेश्यले ३ वटा ठाउँमा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। केन्द्र मध्ये वडा नं १ र २ को लागि बाँखर्क, वडाको दुर्पाला र वडा नं ७ को वैजपानि स्वास्थ्य इकाई केन्द्र स्थापना गरि गाउपालिकाले सेवा शुचारू गरेको छ। एउटा केन्द्रमा ३ जना कर्मचारी समेत गाउपालिकाले व्यवस्थापन गरिसकेको छ। जसमा १ जना अहेव,१ अनमि र एक जना कार्यलय सहयोगी खटाएको छ। उद्घाटन समारोहमा गापा अध्यक्षले ४ वर्ष भित्र १५ सैयाको अस्पताल स्थापना गर्ने प्रतिबद्धता गर्नुभएको छ।

कार्यक्रम ६ नं वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीको अध्यक्षतामा गापा अध्यक्ष केविन्द्र कुमार केसिको प्रमुख आतिथ्यमा र उपाध्यक्ष चन्द्रकला शाही,समाजसेवी प्रकाश शर्मा, रूपा सिह, भुवान बुढा लगाएतले धारणा राख्नु भएको थियोे । गाउँ स्वास्थ्य शाखा सह सम्योजक विरेन्द्र पुनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

Facebook Comments