• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा ऐतिहासिक गुरिल्ला म्याराथनको तयारी




रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा ऐतिहाँसिक गुरिल्ला म्याराथनको आयोजना गरिने भएको छ ।

ऐतिहाँसिक दोस्रो सानीभेरी मौराखारा गुरिल्ला म्याराथन २०७५ नाम दिइएको म्याराथन यहि फल्गुन १ गते सानिभेरीको सिम्लीमा सम्पन्न हने भएको हो।

सानीभेरी गाउँपालिको आयोजनामा हुदै आएको म्याराथन गाउँपालिका भित्रका ऐतिहाँसिक तथा पर्यटकिय क्षेत्रहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

सानीभेरी गाउँकार्यपालिकाको प्रांगणबाट सुरु भई सानीभेरी नदि पार गरी पर्यटकिय स्थल मौराखारा हुदै टुरा, चाख्लीमेला, सानीभेरी र ठुलिभेरी नदिको संगम स्थल रिम्ना दोभान, जाजरकोटको रिम्ना, रुकुम ,पश्चिमको चाइनाबगरबाट मध्यपहाडी लोकमार्ग हुदै पुनस् सिम्लीमा रहको गाउँकार्यपालिका कार्यलयमा पुगी समापन हुनेछ । म्याराथनको दुरी २३ किलोमिटर रहेको छ ।

सानीभेरी गाउँपालिकाको पर्यटन विकासको लागि आयोजना गरिएको गुरिल्ला म्याराथनले सानीभेरी गाउँपालिकाको विभिन्न पर्यटकिय क्षेत्रहरु समेटिएको छ । सानीभेरी गाउँपालिकाको पूर्वदेखि पश्चिम भाग सम्म बग्ने सानीभेरी नदि तथा तत्कालिन जनययुद्धमा जनमुक्ति सेनाले तालिम गरेको स्थान मौराखारा आफैमा ऐतिहाँसिक महत्व बोकेको क्षेत्र जैविक विविधता युक्त क्षेत्र हो ।

समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको मौराखाराबाट विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिने र विशाल फाँट भएको रमणिय स्थल हो ।

सानीभेरी गाउँपालिकाले मौराखारा क्षेत्रलाई पर्यटकिय स्थल निर्माण गर्न प्याराग्लाइडिङ, भ्यू टावर तथा सिम्लीबाट मौराखारा केबलकारको विस्तार गर्ने आफ्नो गुरुयोजनामा समाबेश गरेको छ ।

Facebook Comments